मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ पौष ४ बिहीबार १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १८:oo:oo

लुम्बिनी प्रदेशको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाऊँ बर्दिया अभियान शुभारम्भ गरेको छ। ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान शुभारम्भ गरेको हो।

मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार अभियानको शुभारम्भ गरे। प्रदेश सरकारको चालू आर्थिक वर्ष ०८१–८२ को स्वीकृत नीति तथा कार्यक्रमअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको हो।

प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रूपमा लिएको जनाएको छ। जसअन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो।

अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको भन्दै त्यसको सुरुवात बर्दियाबाट गरिएको बताए। प्रदेश सरकारले कर्मचारीहरूलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणको लागि १० दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणका लागि आह्वान गरे।