१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २ मंगलबार १७:२७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थतन्त्रका सूचक हेर्दा मुलुक अप्ठ्यारो अवस्थामै छ : सांसद पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २ मंगलबार १७:२७:००

नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताएका छन्। 

उनले अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनुपर्ने बताए। उनले मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्नको लागि सरकारले अर्थ समितिलाई साथ लिएर जान सक्नुपर्ने बताए। 

उनले भने, ‘मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अप्ठ्यारो अवस्थामा छौँ। अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार कसरी अगाडि बढ्छौँ? त्यसमा समितिलाई समेत साथमा लिएर जो दायित्व सरकार अर्थमन्त्रीसँग हुने गर्छ। आगामी बजेटमा अर्थ मन्त्रालय ,राष्ट्र बैंक,प्राकृतिक स्रोत तथा वित्त आयोग,लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित आर्थिक सूचकहरू बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवर्द्धन गर्नुपर्छ।’

उनले आगामी बजेटमा अर्थ मन्त्रालय,राष्ट्र बैंक, प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित आर्थिक सूचकहरू बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवर्द्धन गर्नुपर्ने माग राख्ने ।