१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:oo:oo

संघीय संसद् सचिवालयले कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ । मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङ भ्रष्टाचार मुद्दा लागेर ८ पुस ०७९ देखि स्वतः निलम्बनमा थिए । फैसलाको पूर्ण पाठ आएपछि पुनरावलोकनमा जानेबारे निर्णय लिइने संसद् सचिवालयले जनाएको छ । 

सर्वाेच्चले १६ चैत ०८० मा गुरुङलाई निलम्बन गर्ने निर्णय त्रुटिपूर्ण रहेको ठहर गर्दै उत्प्रेषणको आदेशले बदर गरेको थियो । अदालतको आदेश प्राप्त गरेपछि संसद् सचिवालयले बुधबार सूचना प्रकाशित गरेर उनको निलम्बन फुकुवा गरेको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । ‘निलम्बन उत्प्रेषणको आदेशले बदर गरिदिएको आदेशसहितको जानकारी वैशाख १० मा प्राप्त भयो । सोहीबमोजिम आदेश कार्यान्वयन गरिएको जानकारीका लागि सूचना प्रकाशित गरेका हौँ,’ उनले भने । 

भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएपछि संसद् सचिवालयले ८ पुस ०७९ बाट लागू हुने गरी गुरुङलाई १२ पुसमा निलम्बन गरेको थियो । भ्रष्टाचार निवारण ऐन दफा ३३ मा ‘राष्ट्रसेवक वा सार्वजनिक पदधारण गरेको अन्य व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भई किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने’ व्यवस्था कार्यान्वयन गर्न अख्तियारले पठाएको पत्रका आधारमा संसद् सचिवालयले निलम्बन गरेपछि सांसद गुरुङ रिट लिएर सर्वाेच्च पुगेका थिए ।

ad
ad