१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपराष्ट्रपतिमा चारजनाको उम्मेदवारी, गठबन्धनबाटै तीन ‘दाबेदार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:४५:oo

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ। एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिँदा १० दलीय गठबन्धनबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्।

शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सर्वसम्मत उम्मेदवार तय गर्न नसकेपछि जसपाबाट दुई र जनमतबाट एकजनाले उम्मेदवारी दिएका हुन्। जसपाबाट रामसहाय यादव र प्रमिला यादवले मनोनयन दर्ता गराउँदा जनमतकी ममता झाले उम्मेदवारी दिइन्।

निर्वाचन आयोगले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा खस–आर्य समुदायबाहेकको महिला हुनुपर्ने मापदण्ड तय गरेपछि जसपाले महिला र पुरुष गरी दुईजनाको उम्मेदवारी दर्ता गराएको हो।

यद्यपि, गठबन्धनले आइतबार सहमतिमा एकल उम्मेदवार कायम गर्ने बताइएको छ। आइतबार अन्तिम नामावली प्रकाशन गर्ने र ३ चैतमा १० देखि ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ।

ad
ad