मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २७ शनिबार १२:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपराष्ट्रपतिमा गठबन्धनबाट तीनजनाले उम्मेदवारी दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार १२:१८:oo

सत्तागठबन्धनबाट उपराष्ट्रपतिमा तीनजनाले उम्मेदवारी दिने भएका छन्। शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि तीनजनाले उम्मेदवारी दिने भएका हुन्।

जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीले ममता झालाई उम्मेदवार उठाउने भएका हुन्। दलहरूले आफ्नो–आफ्नो दाबी नछाड्दा बैठक निस्कर्षबिहीन भएको र आफ्नो पार्टीबाट झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउने जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले बताए।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै उनले जनमत पार्टीले झालाई उम्मेदवार बनाएको प्रस्ट पारे। यद्यपि, आइतबारसम्म सर्वसम्मतिले एकजनाको मात्रै उम्मेदवारी हुने उनको भनाइ छ।

एमालेले सचिवालय बैठकबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।