मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
रासस झापा
२o८१ पौष ४ बिहीबार २o:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद

एनआरटी क्लब झापा कपको सेमिफाइनलमा

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार २o:o१:oo

कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब काठमाडौं झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। एनआरटीले आज सम्पन्न खेलमा चित्लाङ एफसी क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको हो। 

खेलको १३औँ मिनेटमा एनआरटीका लागि कप्तान अञ्जन विष्टले पहिलो गोल गरे। यस्तै, खेलको ३६औँ मिनेटमा उनले नै पेनाल्टीमार्फत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पुर्‍याए। चित्लाङ एफसीका गौरव श्रेष्ठले अञ्जनलाई लडाएपछि एनआरटीले पेनाल्टी पाएको हो।

यसैगरी, खेलको ४२औँ मिनेटमा चित्लाङ एफसीले गोल फर्कायो। उसका लागि जनक कोइरालाले गोल गरेका थिए। खेलको ६५औँ मिनेटमा नेमारले एनआरटीका लागि तेस्रो गोल गरे। खेलको ६८औँ मिनेटमा शिशिर लेखीले एनआरटीका लागि चौथो गोल गरे। खेलको ८८औँ मिनेटमा पेनाल्टीमार्फत एनआरटीका लागि अञ्जनले ह्याट्रिक गोल गरेका थिए। जारी प्रतियोगितामा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।  

शुक्रबार पहिलो सेमिफाइनल खेल सिराहाको सलहेस फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबिच तथा अर्को सेमिफाइनल एनआरटी र इटहरीको राष्ट्रिय जागृति क्लबबिच हुनेछ। प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्। फाइनल खेल यही ८ पुस हुनेछ।