मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Tuesday, 11 March, 2025
२o७९ भदौ १३ सोमबार १८:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीको त्रास : बर्खामा घर छोडेर सडकमा बास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार १८:१८:oo

हुलाकी राजमार्गको भजनी नगरपालिका–५, पुलियापुर खण्डमा सडक छेउछाउतिर त्रिपाल लगाएर बनाइएका एक दर्जन टहरा छन्। ती टहरामा दुई महिनादेखि बस्दै आएका छन् स्थानीय १२ दलित परिवार। हरेक वर्ष बर्खायामका तीन महिना सडकमै बिताउनु उनीहरूको बाध्यता हो।

हुलाकी सडकको उत्तरतिर सडकबाट नजिकै घरहरू रहे पनि बाढी र डुबानको त्रासले स्थानीय घरमा बस्दैनन्। वृद्धवृद्धादेखि बालबालिकाले तीन महिना सडकमै बिताउनुपर्छ। यस वर्ष गत असारमा कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेपछि उनीहरू सडकमा आएका हुन्। 

‘कतिवेला बाढी आएर डुबान हुन्छ थाहा हुँदैन। नदीमा बाढी बढे र वर्षा भए बस्ती पूरै डुबान हुन्छ,’ स्थानीय रतन कामीले भने, ‘बाढी आएका वेला भाग्नुभन्दा अगाडि नै सुरक्षित ठाउँमा सर्नुपरेको हो।’

केही दिनअघि भएको डुबान अहिले पनि नसुकेको उनले बताए। पानी जम्ने भएकाले घरमा बस्न सक्ने अवस्था नभएपछि कष्ट सहेर सडकमा बस्नुपरेको कामीले बताए। ‘वर्षायाममा कान्द्रा नदीको बाढी बारम्बार गाउँमा पस्छ। बाढी आएका वेला भागेर ज्यान जोगाउनै मुस्किल हुन्छ।’ उनले भने, ‘बर्खामा घरमा बस्न सक्ने अवस्था हुँदैन। बाढीले घरआँगनमा जमेको पानी सुक्न असोज कुर्नुपर्छ।’

सामान्य वर्षामा पनि बस्ती डुबानमा पर्ने गरेको स्थानीयले बताएका छन्। आफूसँगै स्थानीयले वस्तुभाउ पनि सडकछेउमै ल्याएर राखेका छन्। विभिन्न ठाउँबाट आएर विपन्न दलित परिवार पुलियापुरमा सात वर्षदेखि त्यहाँ स-साना झुपडी बनाएर बसिरहेका हुन्। सडक छेउमा त्रिपालमुनि बस्दा उनीहरूले विभिन्न दुःख र कठिनाइ भोग्नुपरिरहेको छ।

सर्प, लामखुट्टे, किराको त्रास हुने गरेको स्थानीय सीता नेपालीले बताइन्। त्रिपाल पनि फाटेकाले पानी पर्दा चुहिने गरेको उनले बताइन्। सडक छेउमा लहरै त्रिपाल टाँगेर बसिरहेका उनीहरूका त्रिपाल च्यातिएका छन्। हावापानीसँगै आएपछि जोगिन गाह्राे हुने गरेको पीडितको गुनासो छ। पानी पर्दा त्रिपालभित्र खाना बनाएर खान पनि समस्या हुने गरेको दुखेसो सीताले सुनाइन्। अहिलेसम्म कसैले त्रिपालसमेत सहयोग नगरेको प्रभावितहरूको गुनासो छ।