मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २७ मंगलबार ११:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया क्यापिटलका दुई प्रडक्ट सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार ११:२९:oo

 एनआइसी एसिया क्यापिटलले ‘डायस्पोरा खाता’ र ‘अफर फर सेल–ओएफएस’ सार्वजनिक गरेको छ । क्यापिटलले ‘वन–स्टप सोलुसन’ सेवा प्रदान गर्ने उद्देश्यसहित ‘डायस्पोरा खाता’ सेवा सञ्चालनमा ल्याएको हो । यो खाता सेवा गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशमा बसेर नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी–लगानीकर्ताका लागि सहयोगी बन्ने अपेक्षा गरिएको छ ।

व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक काम क्यापिटलमार्फत गर्न सकिनेछ । यो सेवाले लगानीकर्तालाई वित्तीय, कानुनी र कम्पनी सञ्चालनका क्रममा आवश्यकताअनुसारको सहयोग गर्नेछ । ‘डायस्पोरा खाताको उद्देश्य नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैरआवासीय नेपाली र विदेशमा बसोवास गर्ने नेपालीलाई नेपालमा व्यापार–व्यवसाय स्थापना तथा सञ्चालन गर्न सहजीकरण गर्नु हो,’ क्यापिटलको भनाइ छ । 

त्यसैगरी, क्यापिटलले धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीको संस्थापक सेयर खरिद–बिक्री गर्न सहज गराउन ‘अफर फर सेल–ओएफएस’ प्लेटफर्म सञ्चालनमा ल्याएको हो । यसअन्तर्गत क्यापिटलले सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजी कानुनअनुसार सेयर नामसारी सेवा प्रदान गर्नेछ ।