मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २६ सोमबार २१:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्टाफ कलेजविरुद्ध २० प्रहरी अधिकारी सर्वाेच्चमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार २१:o१:oo

नेपाल प्रहरीमा यही वर्षबाट सुरु हुन लागेको ‘लिडरसिप एन्ड स्टाफ कलेज’ रोक्न माग गर्दै केही प्रहरी अधिकृतहरू सर्वाेच्च अदालत गएका छन्। डिएसपी रिपेन्द्र कुमारसमेत २० जनाले स्टाफ कलेजविरुद्ध सोमबार सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्। 

प्रहरी नेतृत्वमा पुग्नका लागि अनिवार्य गरिएको यो कोर्सको प्रवेश परीक्षा आगामी ७ चैतदेखि सुरु हुँदै छ। क्षमतावान अधिकृतलाई मात्र माथिल्लो तहमा बढुवा गर्ने उद्देश्यले स्टाफ कलेज सुरु गर्न लागिएकोमा केही अधिकृतहरू संगठनकै नीतिविरुद्ध अदालत गएका हुन्। प्रहरी ऐन तथा नियमावलीमा यससम्बन्धी प्रावधान नभएकाले यो कानुनसंवत् नभएको दाबी गर्दै उनीहरू सर्वाेच्च गएका हुन्। गृह मन्त्रालयकै सहमतिमा प्रहरी प्रधान कार्यालयले स्टाफ कलेज सुरु गर्न लागिएको हो। हाल संसदमा विचाराधीन रहेको प्रहरी विधेयकमा पनि यससम्बन्धी प्रावधान समावेश छ। 

२०७० सालमा इन्स्पेक्टरबाट भर्ना भएको टोलीदेखि स्टाफ कलेज लागू हुन लागेको हो। स्टाफ कलेजमा नगर्नेहरू एसएसपीभन्दा माथिल्लो तहमा बढुवा नगर्ने प्रस्ताव गरिएको छ। 

२० डिएसपीहरूले दायर गरेको रिटमा मंगलबार सुनुवाइ तोकिएको छ।