मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
२o८१ फाल्गुण २६ सोमबार २३:o४:oo
Read Time : < 1 मिनेट
समाचार

ओली सरकारले अराजकतालाई मलजल गरेको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार २३:o४:oo

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज विजय गौतमले वर्तमान सरकारको कारण अराजकता बढेको आरोप लगाएका छन् । उनले केपी ओली सरकारको कारण अराजकतालाई मलजल पुगेको बताए । 

सोमबार बकैया गाउँपालिका ७, भिरकोटमा आयोजित माओवादी केन्द्रको वडा सम्मेलनमा बोल्दै इन्चार्ज गौतमले कुलमान घिसिङ जस्ता राष्ट्रसेवकको मानमर्दन गर्ने, आफ्नाहरुलाई विभिन्न मुद्धाबाट उन्मुक्ति दिने जस्ता काम वर्तमान सरकारले गरिरहेको दावी गरे । उनले ओली सरकारले जनताप्रति जवाफदेही भएर काम गर्न नसक्दा समस्या देखिएको आरोप लगाए । 

‘कांग्रेस एमाले सरकारले आफुले जे गरेपनि हुन्छ भन्ने गलत भावनाले काम गर्दा जनतामा वितृष्णा बढेको छ। यसको फाईदा कथित राजावादीहरुले लिन खोजेका छन्,’ उनले भने, ’तर पनि यो उनीहरुको दिवा सपना मात्रै हो ।’

आइतबार काठमाडौमा राजावादीहरुले गरेको प्रदर्शनप्रती संकेत गर्दै उनले दलहरुले यस प्रकारको घटना, प्रवृत्तिलाई नजर अन्दाज नगरी सच्चिएर अगाडी बढ्ने अवसरको रुपमा ग्रहण गर्नुपर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले २५० वर्ष शासन चलाउदा नबचाएको र नबनाएको देश फेरी ‘आऊ र बचाऊ’ भन्नु केवल हककास्यास्सपद र केटाकेटी कुरा मात्रै भएको बताए । नेता पुलामीले लोकतन्त्रले नै देश बचाउने र बनाउने दावी  गरे।