
नेपाल प्रहरीका इन्स्पेक्टरले घुससम्बन्धी मुद्दामा अदालतबाट सफाइ पाएका छन्। साइबर ब्युरोका तत्कालीन इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीले विशेष अदालतबाट आइतबार सफाइ पाएका हुन्।
उनले सेवाग्राहीसँग ९९ हजार रुपैयाँ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजालसले उनलाई सफाइ दिने फैसला गरेको हो।