मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८१ फाल्गुण २६ सोमबार २१:५३:oo
Read Time : > 1 मिनेट
अर्थ

तातोपानी नाकामा आयात खुकुलो, निर्यात ठप्प

इभि आयातको लागि मात्र नाका खुलेको जस्ताे देखिएकाे अर्थ समितिकाे आराेप

Read Time : > 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार २१:५३:oo

चीन र नेपालबिचको व्यापारिक नाका तातोपानीमार्फत आयात खुकुलो भए पनि निर्यात भने ठप्पको स्थिति छ । संसद्को अर्थ समितिले सोमबार गरेको नाका अनुगमनका क्रममा यस्तो देखिएको हो । 

अर्थ समितिका सभापति सन्तोष चालिसेसहितको टोलीले तातोपानी भन्सार नाका निरीक्षण गरेका छन् । भन्सार ऐन ल्याउने तयारी भएकोले भन्सार नाकामा रहेका समस्या र समाधानका प्रयास पहिचान गर्न निरीक्षण गरिएको सभापति चालिसेले बताए । यसअघि नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगन्जलगायत भारतसँगको नाकाको निरीक्षण गरिएको थियो । यस्तै, रसुवा नाकाको निरीक्षण गर्न बाँकी रहेको उनको भनाइ छ । नाका निरीक्षणपश्चात् काठमाडौं फर्कने क्रममा बनेपामा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति चालिसेले नाकाको अवस्था नाजुक रहेको बताए। 

‘भन्सार नाकामा नाजुक अवस्था देख्यौँ । यताको चीनको समान नेपाल ल्याउनलाई सहज देखियो, तर नेपालको सामान पठाउन ठप्प जस्तै छ ।’ चालिसेले भने, ‘पहिले पहिले चीन क्षेत्र ३० किलोमिटरसम्म खुला थियो अहिले त्यो पनि टाइट गरेको पाइयो ।’ यो नाका आयातको लागि मात्र खुलेकोजस्तो देखिएको उनको भनाइ छ । 

तातोपानी भन्सार नाकामा बाटोको पनि समस्या रहेको चालिसेले बताए । भोटेकोशी र अरनिको राजमार्गको समस्या देख्दा तातोपानी नाका चलाउन नेपाल र चीन दुवै देशले चासो नदिएको उनको आरोप छ । ‘यो नाकामा बाटो कसको चासोको कारण नबनेको हो, समस्याहरू समाधानको लागि कसले रोकेको हो हामीले बुझ्न सकेनौँ ,’ चालिसेले भने 
समितिका सदस्य सूर्य थापाले इलेक्ट्रोनिक गाडी नेपाल पठाउन मात्र तातोपानी नाका खुलेको जस्तो देखिएको बताए। ‘नेपालको सामान निर्यात ठप्प छ । इभी गाडीको आयातका लागि मात्र नाका खुलेकोजस्तो देखियो,’ थापाले भने । 

भन्सार ऐन अन्तिम चरणमा रहेकोले त्यसमा भन्सार प्रशासन र नाकाको व्यापारिक गतिविधिको समस्या र समाधानको उपाय पहिचान गरी ऐनमा समावेश गर्न भन्सार निरीक्षणमा गएको उनले बताए ।

भारतसँगको नाका र चीनसँगको नाकाको अध्यायनमा रहेको र अब केही दिनमै केरुङ नाकाको निरीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने सांसद तथा समितिका सदस्य थापाको भनाइ छ।

जुरे पहिरोभन्दापछि २० प्रतिशत मात्र कारोबार भएको थापाले जानकारी दिए। सो नाकाबाट २० करोड राजस्व संकलन गर्ने प्रक्षेपण गरेको उनले बताए।