मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २६ सोमबार २२:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेपाल प्रहरीले बनायो ‘इन्डोर क्रिकेट ग्राउन्ड’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार २२:१९:oo

नेपाल प्रहरीले ‘इन्डोर क्रिकेट ग्राउन्ड’ बनाएको छ। महाराजगन्जस्थित प्रहरी संगीत विद्यालयको परिसरमा क्रिकेट ग्राउन्ड बनाएको हो। 

नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी सुदीप गिरीले ‘इन्डोर क्रिकेट ग्राउन्ड’को सोमबार उद्घाटन गरेका छन्। यसको निर्माणले प्रहरीका क्लबमा आबद्ध क्रिकेट खेलाडीको अभ्यासका लागि महत्त्वपूर्ण हुने उनी बताउँछन्। 

प्रहरीले खेल गएका सामानहरूको प्रयोग गरी इन्डोर ग्राउन्ड बनाएको हो। ‘यसका लागि छुट्टै बजेट आएको थिएन। खेर गएकाजस्ता र फलामको प्रयोग गरेर छोटो अवधिमै निर्माण गरिएको हो,’ एआइजी गिरीले भने, ‘यसबाट प्रहरीका खेलाडीलाई अभ्यास गर्न सहज हुने हाम्रो विश्वास छ।