
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नवनियुक्त अध्यक्ष पृथ्वीबहादुर पाँडेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। पाँडेले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ लिएका हुन् ।
बैंकको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले पाँडेलाई अध्यक्षमा चयन गरेको थियो । शपथग्रहण कार्यक्रममा गभर्नर अधिकारीसहित डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलगायको उपस्थिति थियो ।