मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ फाल्गुण २७ मंगलबार ११:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वैदेशिक अध्ययनमा बिदेसियो ६४ अर्ब १५ करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार ११:५२:oo

चालू आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरूले ठुलो धनराशि विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय रु. ६४ अर्ब १५ करोडबराबर पुगेको छ ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु. ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु. एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु. ६६ अर्ब ६४ करोड थियो ।

सो अवधिमा खुद सेवा आय रु. ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ३६ अर्ब ३८ करोडले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ७.७  प्रतिशतले वृद्धि भई रु. ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ४५ अर्ब ६८ करोड थियो ।