मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ४ शनिबार
  • Friday, 20 December, 2024
मुम्बई
२o७९ भदौ ४ शनिबार o८:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

समर्थक हटाउन रोहितले प्रहरीको सहयोग लिए

Read Time : < 1 मिनेट
मुम्बई
नयाँ पत्रिका
२o७९ भदौ ४ शनिबार o८:३९:oo

कहिलेकाहीँ चर्चित खेलाडी आफ्नै समर्थकका कारण तनावमा पर्छन् । सार्वजनिक स्थलमा सयौँ समर्थकबीच बाहिर निस्कन उनीहरूलाई गाह्रो नै पर्छ । यस्तै परिस्थिति भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले गरेका छन् ।

हालैका दिनमा रोहित मुम्बईको एक रेस्टुरेन्टमा साथीहरूसँगै थिए । रेस्टुरेन्टमा रोहित साथीहरूसँग कफीको चुस्की लगाइरहँदा बाहिर सयौँ उनका समर्थकको भिड लागेको थियो । 

रोहितले रेस्टुरेन्टबाहिर कति समर्थक थिए ? हेक्का राखेका थिएनन् । वास्तवमा रोहित धेरैपछि साथीहरूसँग रेस्टुरेन्टमा गएका थिए । समर्थकहरू यही पत्ता लगाएर उनको एक झलक हेर्न रेस्टरेन्टमा पुगेका थिए । रेस्टुरेन्टबाट बाहिर आउँदा रोहित एकछिन अचम्ममा नै परे । उनलाई भिड छिचोल्दै गाडीसम्म जान मुस्किल परेको थियो । एकपटक उनी बाहिर निस्किए ।

तर, भिडबाट उम्कने कुनै बाटो थिएन । उनका साथीले प्रहरीलाई बोलाए । प्रहरीको सहयोगमा रोहित आफ्नो गाडीमा गए । प्रहरीले रोहितका समर्थकलाई मात्र हटाएनन्, सडक जामसमेत खुलाएका थिए । रोहितले पछि आफ्नो सोसल मिडियामा समर्थकसँग माफी मागेका छन् । ‘नचाहँदा–नचाहँदै प्रहरीको सहयोग लिएर बाहिर निस्कनुप¥यो, मलाई पनि दुःख लागेको छ,’ रोहितले भनेका छन्, ‘समर्थकहरूको मायाबाट निकै प्रभावित छु, सधैँ यस्तो समर्थक चाहिएको छ ।’