१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मुम्बई लगातार १२औँपटक पहिलो खेलमा पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:१४:oo

इन्डियन प्रिमियर लिग (आइपिएल)को पाँचपटकको विजेता मुम्बई इन्डियन्सले लगातार १२औँपटक उद्घाटन खेल गुमाएको छ । १७औँ संस्करणको आइपिलअन्तर्गत आतबार राति गुजरात टाइटन्सविरुद्धको प्रतिस्पर्धा मुम्बई ६ रनले पराजित भयो । मुम्बईले अन्तिमपटक सन् २०१२ को संस्करणमा आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई हराएको थियो । त्यसयता मुम्बईले आफ्नो पहिलो खेल गुमाएको छ । 

पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनाएको थियो । प्रत्युत्तरमा मुम्बईले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६२ रन जोड्यो । मुम्बईलाई अन्तिम ३० बलमा ४३ रनको आवश्यकता थियो । मुम्बईले अन्तिम पाँच ओभरमा ६ विकेट गुमाउँदा गुजरातले बाजी मारेको हो । इनिङ्सको एक समय मुम्बई १५ ओभरमा १२६–३ को अवस्थामा थियो । 

मुम्बईका लागि कप्तान रोहित शर्माले २९ बलमा सात चौका र एक छक्का प्रहार गरी ४३ रन बनाए । डेवाल्ड ब्रेभिसले ३८ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४६ रन जोडे । ओपनर इशन किसन शून्य रनमा आउट भए । यसअघिको ब्याटिङमा गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३९ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर तथा कप्तान शुभमन गिलले २२ बलमा ३१ रन जोडे । 

ad
ad