मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ पौष ५ शुक्रबार १६:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला यू– १९ एसिया कप : नेपाल बंगलादेशसँग पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १६:o७:oo

एसिसी महिला यू– १९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बंगलादेशसँग नौ विकेटले पराजित भएको छ ।

मलेसियाको वायमास ओभल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बंगलादेशले प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ।

आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडेको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ९।५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

बंगलादेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन् । साथै सुमैया अख्तरले १० रन जोडिन् । नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक–एक विकेट लिए। रासस