मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ५ शुक्रबार १६:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरजग्गा कारोबारमा देखिएको शिथिलता हटाउँछौँ : उपप्रधानमन्त्री सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १६:३१:oo

उपप्रधानमन्त्री एवं  सहरी विकासमन्त्री प्रकाशमान सिंहले घरजग्गा कारोबारमा देखिएको शिथिलता हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

शुक्रबार जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री सिंहले घरजग्गा कारोबारलाई थप व्यवस्थित बनाउने  प्रतिबद्धता जनाए। उनले प्रतिवेदनमा उठेका विषयलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै लैजाने पनि बताए।

‘जग्गा तथा आवास विकाससँग सम्बन्धित ऐतिहासिक दस्ताबेजका रूपमा यो प्रतिवेदन पछिसम्म रहनेछ। जग्गा तथा आवाससम्बन्धी अनुसन्धान गर्नेहरूले पनि यो प्रतिवेदनलाई आधार बनाउनेछन् भन्ने विश्वास छ,’ उनले भने, ‘तपाईंहरूले दिनुभएको प्रतिवेदनलाई केलाएर मन्त्रालयले ऐन नियम बनाउने क्रममा पनि यसले आधार दिनेछ। प्रतिवेदनमा भएका सुझाव कार्यान्वयनका लागि मन्त्रालयले काम गर्नेछ। यसलाई राम्रो बनाउन अझ सरोकारवालाहरूसँग पनि छलफल गर्नेछौँ।’

उनले घरजग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नीतिहरू बनाउँदा थप ध्यान दिने बताए। सरकार, निजी क्षेत्रको अन्तर्क्रिया तथा व्यक्तिगत रूपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घरजग्गा तथा आवासको कारोबारलाई उकास्न मद्दत पुग्ने भन्दै उनले मध्यम र निम्न वर्गका परिवारलाई पनि ‘हाउजिङ’ आवासमा समेट्न मन्त्रालयले आवश्यक पहल गर्ने बताए।

सहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलले जग्गा, आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई शुक्रबार सुधारसहितको प्रतिवेदन उपप्रधानमन्त्री सिंहलाई बुझाएको हो।