१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी मुम्बई
२o८१ बैशाख २० बिहीबार o७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१७औँपटक रोहित शून्यमा आउट

Read Time : > 1 मिनेट
एजेन्सी, मुम्बई
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५७:oo

मुम्बई इन्डियन्सका पूर्वकप्तान रोहित शर्माले इन्डियन प्रिमियर लिग (आइपिएल) १७औँपटक शून्य रनमा आउट भएका छन् । घरेलु रंगशाला वानखडेँमा आइतबार राति राजस्थान रोयल्सविरुद्ध उनी सामना गरेको पहिलो बलमै पेभेलियन फर्केका थिए । उनले दिनेश कार्तिकसँगको धेरैपटक शून्य रनमा आउट हुने रेकर्ड बराबरी गरेका छन् । कार्तिक आइपिएलमा १७ पटक नै शून्य रनमा आउट भएका छन् । रोहितलाई ट्रेन्ट बोल्टले आउट गरेका थिए । आइपिएलको इतिहासमा धेरैचोटि शून्य रनमा आउट हुने तेस्रो खेलाडीमा चारजना छन् । ग्लेन म्याक्स वेल, पियुष चावला, मन्दिप सिंह र सुनिल नारिन समान १५ पटक शून्य रनमा आउट भएका छन् ।

चालू आइपिएलमा मुम्बईले खराब सुरुवात गरेको छ । लगातार तेस्रो खेलमा हार सामना गरेको मुम्बई राजस्थानसँग ६ विकेटले पराजित भयो । मुम्बईले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेट गुमाएर एक सय २५ रनको मध्यम योगफल बनाएको थियो । राजस्थानले १५.३ ओभरमा चार विकेटको नोक्सानीमा एक सय २६ रन बनायो । लगातार तेस्रो जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । 

आइपिएलमा २ सय ५० खेल खेल्ने मुम्बई पहिलो
पाँचपटकको विजेता मुम्बईले चालू आइपिएलमा खराब रेकर्ड राखे पनि धेरै खेल खेल्ने टोली बनेको छ । १७ सिजनमा मुम्बईमा अहिलेसम्म दुई सय ५० खेल खेलेको छ । यो सफलता प्राप्त गर्ने मुम्बई एक्लो टोली हो । उत्कृष्ट प्रदर्शन गर्ने, तर उपाधि हात पार्न नसकेको रोयल्स च्यालेन्जर्स बेंग्लोरले दुई सय ४४ खेल खेलेको छ । यसैगरी, दिल्ली क्यापिटल्स दुई सय ४१ खेलका साथ तेस्रो स्थानमा छ । एकपटकको विजेता कोलकोता नाइट राइडर्स चौथो धेरै खेल खेल्ने टोली हो । कोलकोताले दुई सय ३९ खेल खेलेको छ । पन्चाब किंग्सले दुई सय ३५ खेलमा सहभागिता जनाएको छ । मुम्बईके बराबरी पाँचपटक उपाधि उचालेको चेन्नई सुपर किंग्सले दुई सय २८ खेल खेलेको छ । 

दुई सय खेल खेल्ने आश्विन दोस्रो बलर
राजस्थानका अलराउन्डर रविचन्द्रन आश्विनले आइतबार राति मुम्बईविरुद्ध एक रेकर्ड आफ्नो नाममा लेखाएका छन् । आश्विन आइपिएलमा दुई सय खेल खेल्ने दोस्रो बलर बनेका छन् । यसअघि आइपिएलमा रवीन्द्र जडेजाले दुई सय खेल पार गरेका थिए । बलरका रूपमा सर्वाधिक आइपिएल खेल्ने जडेजाले दुई सय २९ खेल खेलेका छन् । आइपिएलमा धेरै खेल खेल्ने खेलाडी चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनी हुन् । उनले अहिलेसम्म दुई सय ५३ खेल खेले । मुम्बईका रोहित दोस्रो स्थानमा छन् ।

उनले दुई सय ४६ खेलमा सहभागिता जनाए उनले दिनेश कार्तिकको दुई सय ४५ खेलको रेकर्ड पछि पारेका छन् । यसैगरी, जसप्रित बुमराहले युज्वेन्द्र चाहलको एकै खेलमा तीन विकेट लिने रेकर्ड बराबरी गरेका छन् । बुमराहले २० पटक एक खेलमा तीन विकेट लिए । चाहलले पनि २० पटक तीन विकेट लिएका छन् । श्रीलंकाका लथिस मलिंगाले १९ र अमित मिश्राले १७ पटक एकै खेलमा तीन विकेटको प्रदर्शन गरेका छन् ।

ad
ad