मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २४ मंगलबार २१:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धेरै पुरुष प्रत्यक्षबाट भागेर समानुपातिकतिर जान खोजिरहेका छन् : सांसद पहाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार २१:o४:oo

एमाले सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पहाडीले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महँगो रहेको बताए । 
उनले अहिलेको निर्वाचन प्रणालीको कारण महिला मात्रै नभई पुरुषहरू पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए । ‘निर्वाचन प्रणाली महँगो भएकोले पुरुष सांसदहरू पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ,’ सांसद पहाडीले भने, ‘अहिले सांसदहरूमा प्रत्यक्षभन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी छ ।’
निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाए मात्र प्रतिस्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुने उनको भनाइ थियो । 
‘अहिले हाम्रो समस्या निर्वाचनमा छ । निर्वाचन महँगो छ, भड्किलो छ । महिलाहरू मात्रै होइन, पुरुषहरू पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ । किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन । त्यसकारण प्रत्यक्षबाट भागेर समानुपातिकमा बस्नको लागि प्रतिस्पर्धा र होडबाजी छ । समस्या त्यहाँ छ । त्यसैले हाम्रो निर्वाचन सस्तो सरल बनाउनेतर्फ हामी जाने हो भने स्वाभाविक रूपमा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुनेछन् । त्यसले पनि हाम्रो प्रतिनिधित्वलाई सुनिश्चित गर्छ,’ उनले भने । 
उनले यो निर्वाचन प्रणालीले कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने कुरालाई निरुत्साहित गरिरहेको जिकिर गरे ।