मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Wednesday, 18 December, 2024
गणेश लम्साल विराटनगर
२o७८ भदौ १५ मंगलबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यस वर्ष पनि विराटनगरमा रथयात्रा स्थगित

Read Time : < 1 मिनेट
गणेश लम्साल विराटनगर
नयाँ पत्रिका विराटनगर
२o७८ भदौ १५ मंगलबार १५:३१:oo

विराटनगरको राधाकृष्ण रथयात्रा यस वर्ष पनि स्थगित गरिएको छ। गत वर्षझैँ यस वर्ष पनि रथयात्रा स्थगित गरी विधिपूर्वक गाडीमा राखेर खटयात्रा निकालिएको हो।

वि.सं १९८९ देखि निरन्तर कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आइएको रथयात्रा कोरोना संक्रमणका कारण स्थगित गरिएको हो। रथयात्रा  कोरोना संक्रमणको त्रासले गर्दा गत वर्षदेखि  तामझामसहित ननिकालिएको आयोजक समिति अध्यक्ष बाबुराज श्रेष्ठले बताए।

रथयात्राले पोखरियास्थित राधाकृष्ण मन्दिरबाट जलजला चोक, ट्राफिक चोक, जनआन्दोलन चोक र बरगाछी चोक हुँदै विराटनगर महानगरसम्मको करिब सात किलोमिटर दूरी तय गर्ने गरेको थियो। रथयात्रामा नेपाल र भारतका करिब एक लाख श्रद्धालु सहभागी हुँदै आएका थिए। विभिन्न झाँकी, भजनकीर्तन टोलीसहित   निक्लने चारचक्के राधाकृष्ण रथको डोरी तान्दा पाप पखालिने जनविश्वास छ।

गत वर्षझैँ यो वर्ष पनि  तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट ट्रकमा खाटमाथि राधाकृष्णको मूर्ति राखेर विराटनगर बजार परिक्रमा गराइँदै छ। कोरोना संक्रमणले गर्दा  राधाकृष्ण रथयात्रा मात्र नभएर  कृष्णजन्माष्टमीअगाडि मनाइने झुलन महोत्वस पनि गत वर्षदेखि आयोजना भएको छैन।