मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २ मंगलबार oo:४२:oo
Read Time : < 1 मिनेट
समाचार

२७ करोड बिगो कायम गरी रवि लामिछानेविरुद्ध मुद्दा दायर हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार oo:४२:oo


राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न प्रहरीले सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब तीन महिना लामो समय लगाएर गरेको अनुसन्धान प्रतिवेदन सोमबार रायसहित सरकारी वकिललाई बुझाएको हो । 

प्रतिवेदनमा सूर्यदर्शन सहकारीको एक अर्ब ५१ करोड हिनामिना भएको र त्यसमध्ये २७ करोड ८९ लाख रुपैयाँ गोर्खा मिडियामा गएकाले त्यसको भागिदार लामिछानेलाई बनाउन सिफारिस भएको छ । सहकारीमा लैजाने प्रक्रियामा लामिछानेको संलग्नता नभएपनि खर्च गर्नेमा उनी संलग्न रहेको भन्दै सहकारीबाट गएको सबै रकमको भागिदार उनलाई बनाउन लागिएको छ । 

प्रहरीले यसमा ५१ जनाविरुद्ध मुद्दा दायरको सिफारिस गरेको छ । 

लामिछानेसहित ५० जनाविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर चलाउन लागिएको छ भने जिबी राईलाई भने क्रिप्टो करेन्सीको कारोबारको अभियोग पनि थप्ने प्रहरी तयारी छ । 

लामिछाने गोर्खा मिडियाको सञ्चालक हुँदा चेक काटेर पैसा खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई दुई महिनादेखि थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा उनलाई थुनामा राखिएको दाबी गरेको छ । 

सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन अध्ययनको क्रममा रहेको बताएको छ । यही हप्ता लामिछानेसहितका व्यक्तिविरुद्ध मुद्दा चलाउने तयारी छ । हदम्यादका कारण ५ पुसभित्र मुद्दा दायर गरिसक्नुपर्नेछ ।