मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ३ बुधबार २१:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभर नौ सय २१ प्रहरी कार्यालय माग, १६ हजार थप जनशक्ति आवश्यक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार २१:o२:oo

देशभरिबाट थप नौ सय २१ नयाँ प्रहरी कार्यालय स्थापनाका लागि माग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तर, जनशक्ति अभाव देखाउँदै प्रहरीले माग भएका स्थानमा नयाँ कार्यालय राख्न सकेको छैन। कतिपय स्थानमा अस्थायी प्रहरी कार्यालय राखिएका छन्। 

प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार मागअनुसार कार्यालय स्थापनाका लागि थप १६ हजार एक सय ८९ प्रहरी जनशक्ति आवश्यक हुन्छ। सोहीअनुसार जनशक्ति थपका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा यसअघि नै लेखिपठाइसकेको छ। नयाँ प्रहरी कार्यालय स्थापनाका लागि जिल्ला सुरक्षा समितिबाट भएका सिफारिसहरू गृह तथा प्रहरी प्रधान कार्यालयमा पुग्ने भए पनि जनशक्ति अभावका कारण नयाँ कार्यालय स्थापना रोकिँदै आएका छन्। 

हाल देशभरि स्थायी प्रकृतिका प्रहरी कार्यालय दुई हजार ६ सय ६० छन्। ६ सय ९३ अस्थायी प्रहरी पोस्ट तथा चार सय १६ अस्थायी ट्राफिक पोस्ट सञ्चालित छन्। 
त्यस्तै, चार सय ४३ प्रहरी कार्यालयको स्तरवृद्धिको माग भएको छ। जसमा १० हजार आठ सय १२ प्रहरी आवश्यक छ। 

नयाँ कार्यालय स्थापना र स्तरवृद्धिका लागि कुल २७ हजार एक जनशक्ति थप्नुपर्ने आवश्यकता रहेको एसएसपी अधिकारीले बताए। 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार दुई सय नागरिकबराबर एक प्रहरी हुनुपर्ने भए पनि नेपालमा एक प्रहरीले तीन सय ७५ नागरिकको सुरक्षा हेर्नुपर्ने अवस्था छ। हाल नेपाल प्रहरीको कुल जनशक्ति ७९ हजार पाँच सय ४२ छ।