मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १३ आइतबार o६:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गंगालाल अस्पताललाई  हिमालयन बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार o६:५४:oo

हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई सहयोग गरेको हो । 

बैंकले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरूका लागि वार्डहरू मर्मत–सम्भार गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९ सय रुपैयाँ सहयोग गरेको जनाएको छ । अस्पतालमा भएका वार्ड जीर्ण भएकाले सेवाग्राही तथा चिकित्सकहरूका लागिसमेत समस्या परेको निष्कर्षका साथ सहयोग रकममा वार्ड मर्मत–सम्भार गरी हस्तान्तरण गरेको जनाइएको छ । 

बैंकका महाप्रबन्धक सुशील जोशी र महाराजगन्ज शाखा प्रबन्धक अभयबहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीको उपस्थितिमा वार्डको उद्घाटन गरेको बैंकले जनाएको छ ।