१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ भदौ ६ आइतबार १४:२१:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

ह्याकरले शत्रुघन सिन्हाको ट्विटर ह्याक गरी नाम राखिदिए ‘एलन मस्क’

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ भदौ ६ आइतबार १४:२१:००

बलिउडका पुराना अभिनेता शत्रुघन सिन्हाको ट्विटर एकाउन्ट ह्याक भएको छ। उनको एकाउन्ट गएराति ह्याक भएको हो। ह्याकरले उनको एकाउन्ट ह्याक गरी नाम ‘एलन मस्क’ राखिदिएका थिए। यति मात्र होइन, उनको प्रोफाइल फोटोसमेत परिवर्तन भएको थियो।

एकाउन्ट ह्याक भएको घन्टाैंसम्म उनी भने यस विषयमा अनविज्ञ नै थिए, जब कि सोही समयमा उनी ट्विट गरिरहेका थिए।

अहिले उनको नाम र प्रोफाइल पहिलेकै जस्तो बनाइएको छ। तर, उनले ट्विट गरिरहेकै समयमा ह्याक हुँदासमेत पत्तो नपाएपछि यतिवेला उनी सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्।