१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Friday, 09 May, 2025
२o७९ भदौ ३ शुक्रबार १९:o९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

आर्यनको फिल्म 'सायरा' बलिउड निर्देशक विशाल देसाइले निर्देशन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १९:o९:oo

अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाइ निर्देशन गर्ने भएका छन्। निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच शुक्रबार सम्झौता भएको हो।

 निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली. को तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँ ताका फिल्म छायांकन हुने बताए।   ’हाम्रो फिल्म गर्न उहाँ तयार हुनु भयो। बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ। उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ’, मुम्बईमा रहेका निर्माता रघुले भने ।

निर्देशक देसाइले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए। 'नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ। सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ। नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ’, निर्देशक देसाइले भने। उनी अहिलेसम्म नेपाल नआएता पनि नेपाली जीवनशैलीसँग परिचित रहेको प्रतिक्रिया दिए।