१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २१ मंगलबार १o:५३:oo
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

चन्द्रप्रकाश द्विवेदीको अनुभव : ‘बलिउड फिल्म सुटिङको राम्रो गन्तव्य बन्न सक्छ नेपाल’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार १o:५३:oo

मेरा आगामी दुई फिल्मको अडिसन यहाँ गर्छु र मलाई विश्वास छ, केही नेपाली कलाकारलाई यहाँबाट मुम्बई लिएर जान सफल हुनेछु

भारतीय फिल्मका चलचित्र निर्देशक, पटकथाकार तथा कलाकार डा. चन्द्रप्रकाश द्विवेदीले बलिउड फिल्म सुटिङका लागि नेपाल उपयुक्त गन्तव्य रहेको बताएका छन् । आइतबार साँझ भारतीय दूतावाससँगको समन्वयमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले नेपालका प्राकृतिक सम्पदाले आफूलाई मोहित बनाएको बताए । 

उनले फिल्मका माध्यमबाट नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउन सकिने धारणा राखे । ‘सन् २००७ मा म अमिताभ बच्चनसँग एउटा फिल्म यतै सुटिङ गर्न लागेको थिएँ । त्यही सिलसिलामा म जब नेपालको एयरपोर्ट आइपुगेँ, बाहिर निस्किनेबित्तिकै यति धेरै भीड देखेँ कि म डराएँ । मलाई लाग्यो, यस्तो भीड हुने ठाउँमा म बच्चनजीलाई ल्याएर सुटिङ गर्न सक्दिनँ । तर, अहिले आउँदा सबै ठिकठाक लाग्यो । म भ्रममा रहेछु,’ उनले भने ।

उनले नेपाली कलाकारहरूको सहभागिता बलिउडमा बढाउनुपर्ने बताए । ‘कैयाैँ कलाकार पाकिस्तान, श्रीलंका, इंग्ल्यान्डलगायत देशबाट आएर भारतमा काम गरिरहेका छन् । तर, नेपालकै कलाकार किन त्यहाँ आउन सकिरहेका छैनन्, म स्वयंले यसको जवाफ पाउन सकेको छैन,’ उनले भने, ‘मेरा आगामी दुई फिल्मको अडिसन म यहाँ पक्का गर्छु र मलाई विश्वास छ, म केही नेपाली कलाकारलाई यहाँबाट मुम्बई लिएर जान सफल हुनेछु ।’ कार्यक्रममा निर्देशक डा. द्विवेदीले आफ्नो चर्चित टेलिशृंखलाहरू ‘चाणक्य’, ‘मृत्युञ्जय’ तथा फिल्म ‘पिञ्जर’लगायतको निर्माण अनुभव सुनाएका थिए । कार्यक्रममा अभिनेता राजेश हमाल, भोलाराज सापकोटा, सुरक्षा पन्तलगायत नेपाली कलाकार पनि उपस्थित थिए । 

अभिनेता हमालले ठूला बजेटमा निर्माण हुने बलिउड फिल्मसँग नेपाली फिल्मको तुलना हुँदा कलाकार तथा निर्मातालाई चुनौती हुने बताए । ‘जतिवेला मैले पहिलो फिल्म गरेँ, त्यतिवेला दोस्रो फिल्मको टुंगो थिएन । तर, त्यो अवस्थाबाट गुज्रिएर अहिले नेपाली फिल्म निर्माणको संख्या बढेको छ । तैपनि, बलिउडका बिग बजेट फिल्मसँग दाँजिनु हाम्रा लागि चुनौतीपूर्ण छ ।’