Skip This
भारत र पाकिस्तानले भने- युद्धविराम भयो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २७ शनिबार १८:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारत र पाकिस्तानले भने- युद्धविराम भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार १८:३५:oo

भारत र पाकिस्तानले युद्धविराममा सहमति भएको बताएका छन्।

भारत विदेशसचिव विक्रम मिश्रीले दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भर्खरै भने, 'पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक आज  दिउँसो १५:३५ बजे भारतीय समकक्षीलाई फोन गरे। त्यसक्रममा बिच सहमति भएको छ कि दुवै पक्षले भारतीय समयअनुसार साॅझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलाबारी र सैन्य कारबाही बन्द गर्नेछन्।' यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ। सैन्य अपरेसन महानिर्देशकहरूले मे १२ (आइतबार) मा १२ बजे फेरि वार्ता गर्नेछन्।’

पाकिस्तानी विदेशमन्त्री इसाक डरले पनि युद्धविराम भएको पुष्टि गरेका छन्।