१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
२o८२ बैशाख २७ शनिबार २o:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद

२८ असारदेखि पोखरामा गण्डकी कप महिला फुटबल प्रतियोगिता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार २o:५३:oo

पोखरामा गण्डकी कप महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ गण्डकीको आयोजनामा असार अन्तिम सातादेखि गण्डकी कप महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले  प्रतियोगिता सञ्चालनका लागि २८ असारदेखि ३ साउनसम्मको मिति दिएको छ ।

प्रतियोगिताको लागी एन्फाको स्विकृतसँगै मिति समेत दिएपछि आयोजकले तयारी तिव्र पारेको आयोजक संघका महासचिव विनोद गुरुङले जानकारी दिए । गुरुङका अनुसार प्रतियोगितामा आठ टोली सहभागी हुने अनुमान छ । उनका अनुसार विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले सहभागिता जनाउने तय भै सकेको छ भने आयोजकको टोली समेत गरी हाल तीन टोली तय भइ सकेको छ ।

महिला फुटबल गतिविधि कम भै रहेको अवस्थामा प्रतियोगिताले महिला फुटबलको विकासका सहयोग गर्ने अपेक्षा आयोजकको छ । प्रतियोगिता गण्डकी प्रदेशको इतिहासमा पहिलो रहेको बताउँदै गुरुङले दीर्घकालिन सोच राखेर प्रतियोगिता आयोजना गर्न लागेको बताए ।