मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ८ शुक्रबार १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमल थापा र विप्लवको भेटवार्तामा के–के भयो ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार १२:२२:oo

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राप्रपा अध्यक्ष कमल थापासँग शुक्रबार भेटवार्ता गरेका छन्। थापानिवास बुढानीलकण्ठमा भएको भेटमा थापाले सरकारसँग विप्लव समूहले गरेको सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। वर्तमान राजनीतिक व्यवस्था असफल भएको विषयमा दुवैबीच समान धारणा आदान–प्रदान भएको छ। 

‘अध्यक्षज्यू र महासचिव चन्दबीच समसामयिक विषयमा विचार–विमर्श भएको छ। सरकारसँग विप्लव नेतृत्वको पार्टीले हस्ताक्षर गरेको तीनबुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा अध्यक्षज्यूले बताउनुभयो,’ भेटवार्तापछि राप्रपा नेता राजाराम बर्तौलाले भने। 

बर्तौलाका अनुसार अध्यक्ष थापाले परिवर्तनकारी शक्ति र परम्परागत शक्तिबीच सामञ्जस्य कायम गरी मौलिक प्रजातान्त्रिक प्रणाली कायम गर्नुपर्ने धारणा राखेका थिए।  ‘वर्तमान व्यवस्था असफल भएकोबारे हामी दुवै पक्षको समान धारणा देखियो,’ बर्तौलाले भने, ‘राष्ट्रियताको सवालमा र जनताको निर्णायकत्व सुदृढ गर्ने सम्बन्धमा पनि हामी दुई पार्टीबीच समान धारणा आदान–प्रदान भएको छ।’ 

भेटवार्तामा राप्रपा नेताहरू बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दीपक बोहोरा तथा नेकपा नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए। महासचिव विप्लवले यसअघि  प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गरिसकेका छन्।