१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २९ बुधबार
  • Wednesday, 26 June, 2024
मार्टिन ज्याक
२o७८ बैशाख २९ बुधबार o९:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिमा लोकतन्त्रभन्दा चिनियाँ प्रणाली उत्कृष्ट

Read Time : > 2 मिनेट
मार्टिन ज्याक
नयाँ पत्रिका
२o७८ बैशाख २९ बुधबार o९:o४:oo

पश्चिमी लोकतन्त्रको तुलनामा चिनियाँ सभ्यता र शासकीय प्रणाली टिकाउ, मजबुत, लचक र गतिशील छ

शासकीय प्रणालीमा चीन र पश्चिमबीच निक्खर भिन्नता देखिन्छ । सन् १९४५ यता पश्चिमको शासकीय प्रणालीको मौलिकता नै बहुदलीय प्रणालीका रूपमा स्थापित भएको छ । ७० वर्षयता यो नै पश्चिमको मुख्य पहिचान हो । ऊ चीनलगायत विश्वका हरेक मुलुकले पश्चिमी प्रणाली नै अवलम्बन गरून् भन्छ । यसमा कुनै आश्चर्य पनि छैन । किनकि दुई शताब्दीदेखि पश्चिमले आफू नै उत्कृष्ट रहेको अवधारणामा विश्वास गर्दै आएको छ । ऊ पश्चिमको शासकीय प्रणाली सबैका लागि उदाहरणीय नमुना हो भन्ठान्छ । ऊ धर्मान्धलेझैँ पश्चिमी लोकतन्त्र शासनको सर्वाेत्कृष्ट स्वरूप हो भन्ठान्छ ।

यहाँनेर थोरै ऐतिहासिक सन्दर्भ कोट्याउनु जरुरी हुन्छ । पश्चिमले सर्वाेत्कृट ठानेको शासकीय प्रणाली अर्थात् पश्चिमा लोकतन्त्र सन् १९१८–१९३९ ताका अमेरिका र बेलायतलगायत अन्य एकाध मुलुकमा मात्रै अस्तित्वमा रहेको तथ्य नबिर्साैँ । साथै, पश्चिमा लोकतन्त्रको भविष्यबारे पनि गम्भीर आशंकाको स्थिति छ । पश्चिममा लोकतन्त्रको मूलघर ठानिएको अमेरिकामा समेत यसको भविष्य सुनिश्चि छैन । क्यापिटल हिलमा ६ जनवरीका दिन भएको आक्रमण लोकतन्त्रका लागि अमेरिकी गृहयुद्धयताकै ठूलो चुनौतीका रूपमा अंकित छ । ट्रम्पको लोकतन्त्रप्रतिको प्रतिबद्धता गम्भीर सन्देहमा छ । फ्रान्स तथा इटालीलगायतका थुप्रै मुलुकमा लोकतन्त्र कडा दबाबमा छ । पश्चिमा लोकतन्त्र शून्यमा रहन सक्दैन । यसको मुख्य आधारभूमि सन् १९४५ पछिको विशिष्ट ऐतिहासिक स्थिति खासगरी आर्थिक वृद्धि, बढ्दो जीवनस्तर तथा पश्चिमी प्रभुत्व नै हो । यसैमा अहिलेसम्म यो टिकी आएको हो । सन् १९८० पछि, खासगरी २००८ यता पश्चिमा लोकतन्त्रका ती सबै आधारभूमि बढ्दो खतरामा परेका छन् । पश्चिमको अवनतिको युगमा, पश्चिमा लोकतन्त्रले संकटपूर्ण एवं अनिश्चित भविष्यको सामना गर्नेछ ।

इतिहासले देखाइसकेको छ कि चीन आफूलाई नयाँ अवतारमा ढाल्ने असाधारण क्षमता राख्छ । यो हदमा अन्य कुनै पनि मुलुक वा सभ्यता सफल भएका छैनन् । यो चिनियाँ शासकीय क्षमता र सभ्यताको मजबुती, लचकता र गतिशीलताको प्रमाण हो ।

पश्चिमा लोकतन्त्र सार्वभौमिक रूपले लागू हुन्छ भन्ने विश्वास चीनको सन्दर्भमा बेतुके लाग्छ । चिनियाँ शासन प्रणाली तथा शासन शिल्पकला विश्वका सबभन्दा टिकाउ र सर्वाधिक सफल रहेका छन् । फ्रान्सिस फुकुमायाका अनुसार चिनियाँ शासनले अरूको तुलनामा दुई शताब्दी लामो निरन्तर प्रदर्शन गरेको छ । चिनियाँ इतिहास तथा संस्कृति पश्चिमको भन्दा विलकुलै भिन्न छ र उसको शासन प्रणाली यो भिन्नताको सबैभन्दा महत्वपूर्ण अभिव्यक्तिका रूपमा रहिआएको छ । 

चिनियाँ शासन प्रणालीको प्रभावकारिता सन् १९४९ र खासगरी १९७८ यता एकदमै स्पष्ट छ । दूरदृष्टि र व्यावहारिकताको समीश्रण भएको चिनियाँ शासनकलाले मानव इतिहासको सबैभन्दा उल्लेखनीय आर्थिक रूपान्तरणका लागि योगदान गरेको छ । चीन अहिले केही मानकमा अमेरिकाको स्तरमा पुगिसकेको छ र अमेरिकाको वैश्विक प्रभुत्वको चुनौतीका रूपमा उभिएको छ । पश्चिमले उपहास गर्ने चीनको शासन प्रणाली विकल्पका रूपमा अमेरिकाको लोकतान्त्रिक प्रणालीका लागि समेत चुनाैतीका रूपमा उदाएको छ । चीनको शासन प्रणालीलाई लिएर पश्चिमको आलोचना के हुन्छ भने एकदलीय प्रणालीका रूपमा यसले छनोटको सुविधा दिँदैन जुन बहुदलीय प्रणालीले मात्रै दिन सक्छ, शासनसत्तामा दलहरूको अदलाबदलीले मात्रै छनोटको सुविधा सुनिश्चित हुन्छ ।

तर, तथ्यहरूले भने अर्थाेकै देखाउँछन् । माओत्सेतुङदेखि देङ सियाओपिङसम्मको संक्रमणको अवधिमा चीनको नीति र दर्शनमा निकै ठूलो बदलाव पाउन सकिन्छ । यो अवधिमा चीनले बजारलाई आत्मसात् गरेको, विश्वसँग चीनलाई एकाकार गर्न सापेक्षिक अलगावीकरणलाई परित्याग गरेको देखिन्छ । नीतिको यो परिवर्तन सन् १९४५ यता पश्चिमी लोकतन्त्रद्वारा गरिएका कुनै पनि रूपान्तरणको तुलनामा अधिक गहिरा र दूरगामी छन् । यी रूपान्तरणका लागि चिनियाँ कम्युनिस्ट पार्टी नै पूर्ण रूपेण जिम्मेवार थियो । अर्काे शब्दमा भन्दा, चिनियाँ शैलीको एकदलीय प्रणाली कुनै पनि पश्चिमा लोकतन्त्रले भन्दा धेरै दूरगामी छनोटसहितका विकल्पहरू प्रस्तुत गर्न सक्षम छ । यसबाहेक, गत चार दशकमा चिनियाँ प्रणाली निरन्तर सुधार र नवीकरणको प्रक्रियाद्वारा गुज्रिएको छ । सिर्जना र कल्पनाशीलता नासिएको रुढीग्रस्त पश्चिमा लोकतन्त्रभन्दा यो विल्कुलै ताजा छ र विकल्पहरू पस्कन बढी सक्षम छ ।

शासन प्रणालीको वास्तविक परीक्षण ७० वर्षजस्तो छोटो अवधिको प्रदर्शनबाट होइन इतिहासको लामो कालखण्डबाट मात्रै हुन सक्छ । चिनियाँ शासन प्रणालीले असाधारण विशेषताहरू उजागर गरेको छ । पछिल्लो दुई शताब्दीमा चीनको प्रणालीले पाँचवटा स्वर्ण कालखण्डको अनुभव गर्‍यो । अर्काे शब्दमा भन्दा, चीनको शासन प्रणालीले चिनियाँ इतिहासको विभिन्न कालखण्डमा आफूलाई नयाँ रूपमा रूपान्तरण गर्ने असाधारण क्षमता प्रदर्शन गरेको छ । दुई शताब्दीको अन्तरालमा ठ्याक्कै पाँचपटक उ प्रभुत्वशाली बन्यो । यसबीच अन्य सभ्यताले आपूmलाई एकाधपटक रूपान्तरण गरेका होलान्, तर कसैले पनि पाँच–पाँचपटक रूपान्तरित गरेका छैनन् । न त बेलायत वा अमेरिका नै यो हदसम्म रूपान्तरित हुन सकेका छन् । चीन, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा छैटौँपटक अहिले विश्वकै महाशक्ति राष्ट्रका रूपमा उभिने पूर्वसन्ध्यामा छ । इतिहासले देखाइसकेको छ कि चीन आफूलाई नयाँ अवतारमा ढाल्ने असाधारण क्षमता राख्छ । यो हदमा अन्य कुनै पनि मुलुक सफल भएका छैनन् । यो चिनियाँ शासकीय क्षमता र सभ्यताको मजबुती, लचकता र गतिशीलताको प्रमाण हो । 

(ज्याक क्याम्ब्रिज विश्वविद्यालयको राजनीति तथा अन्तर्राष्ट्रिय अध्ययन विभागका प्राध्यापक हुन्)
ग्लोबलटाइम्सबाट


 

ad
ad
ad
ad