१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
मार्टिन ज्याक्युज
२o८१ बैशाख २५ मंगलबार १o:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पेलोसीको ताइवान भ्रमणपछिको हलचल

शान्तिका लागि ताइवानमा चीन र अमेरिकाबीचको दीर्घकालीन र पारस्परिक रूपमा स्वीकृत समझदारीका आधारभूत सिद्धान्त दुई राष्ट्रले पुनः दोहोर्‍याउन आवश्यक छ

Read Time : > 2 मिनेट
मार्टिन ज्याक्युज
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:३५:oo

नोभेम्बर २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि, लगभग चार दशकदेखि तुलनात्मक रूपमा स्थिर रहेको अमेरिका–चीन सम्बन्धको अन्त्य हुन खोजिरहेको देखिन्छ । त्यसयता, सम्बन्धमा तीक्तता बढ्ने क्रम रोकिएको छैन । पछिल्ला पाँच वर्षमा अमेरिकामा दुईजना राष्ट्रपति चुनिएका छन् । उसो त यी दुई मुलुकबीचको सम्बन्ध नियन्त्रणबाहिर छ भन्नु अतिशयोक्ति हुन्छ, तर यो निकै कमजोर भने भएको छ । अप्रत्याशितताले आकलनको भूमिका लिएको छ । विश्वास तीव्र गतिले क्षयीकरण हुँदै गइरहेको छ ।

अमेरिकामा नोभेम्बरमा हुने कांग्रेसको चुनाव वा २०२४ को राष्ट्रपतीय चुनावपछि अमेरिका–चीनबीच कसरी सम्बन्ध आदान–प्रदान हुन्छ भन्नेबारेमा केही पनि भन्न सकिने अवस्था छैन । यो साता सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले अमेरिका–चीन सम्बन्धको वर्तमान अत्यधिक रूपमा उत्तेजित भएको र तीव्र ढंगले चिसोपना बढिरहेको देखिन्छ ।  

अहिलेको अवस्था अत्यन्तै खतरनाक अवस्था हो । सम्बन्धका भविष्यबारे केही पनि भन्न सकिने अवस्था छैन । पहिले अमेरिका–चीन सम्बन्ध गहिरो पारस्परिक समझदारी एवं एकअर्काको हैसियतको सम्मानमा आधारित थियो । तर, अहिले यो अवस्था देखिँदैन । केही सातायता, सम्बन्धमा दरार रोक्ने कुनै पनि किसिमको उपाय देखिएको छैन । अमेरिकामा विकसित भइरहेको शक्ति शून्यताले स्थितिलाई थप खतरनाक बनाएको छ वा भन्ने हो भने डरलाग्दो बनाएको छ । राष्ट्रपति जो बाइडेनसमेतलाई अन्तिम क्षणसम्ममा सहकर्मी डेमोक््रयाट नेता पेलोसीले ताइवानको यात्रा गर्नेछिन् भनेर थाहा थिएन । पेलोसीले मिडियामाझ दुई अलग–अलग अवसरमा यदि चिनियाँ सैन्य कारबाही भएमा अमेरिकाले ताइवानको रक्षा गर्नेछ भनेर दोहोर्‍याएकी थिइन् ।

सन् २०२४ मा अमेरिकी राष्ट्रपति को हुनेछन् भनेर अहिले नै भविष्यवाणी गर्न सकिँदैन । यद्यपि, ट्रम्प वा ट्रम्पभन्दा पनि खराब व्यक्ति फर्कने सम्भावनालाई टार्न सकिँदैन । यसैबीच अमेरिकामा ध्रुवीकरण र खण्डीकरणको प्रक्रिया दिनानुदिन बढ्दो छ । यसले विश्व–व्यवस्था कति चाँडै विघटन भइरहेको छ भनेर देखाउँछ । समग्रमा अमेरिका र बाँकी विश्व स्पष्ट रूपमा अराजकता र अप्रत्याशितताको युगमा प्रवेश गरेका छन् । यसले विश्वशान्तिका निम्ति जीवन्त खतरा पैदा गर्नेछ । सहयोग र शान्तिको शब्दावलीलाई युद्ध, विजय र द्वन्द्वको भाषाले वर्षौँदेखि प्रतिस्थापन गरेको छ । युद्धको अवधारणा बिस्तारै सामान्य हुँदै गइरहेको छ । अर्थात् युद्ध हुने संकेत देखिँदै छन् । 

शान्तिका लागि ताइवानमा चीन र अमेरिकाबीचको दीर्घकालीन र पारस्परिक रूपमा स्वीकृत समझदारीका आधारभूत सिद्धान्त दुई राष्ट्रले पुनः दोहोर्‍याउन आवश्यक छ

ताइवान अहिले सम्भावित युद्धको कारक देखिनु संयोग होइन । सन् १९७९ पछि पहिलोपटक अमेरिकी राष्ट्रपतिले ताइवानी क्षेत्रीय नेतासँग संवाद गरेयता संवाद भएको थिएन, तर राष्ट्रपतिका रूपमा ट्रम्पले भने ताइवानी क्षेत्रीय नेता साई इङ वेनको फोन वार्ता स्वीकार गरेका थिए । उनले एक चीन नीतिमा पनि प्रश्न गर्न थालेका थिए, तर अनुभवीहरूले उनलाई विश्वास गरेनन् । निक्सन–माओ सम्बन्धको ठूलो उपलब्धिमध्ये एक समझदारीको शृंखला पनि थियो जसमा ४० वर्षसम्म ताइवान प्रश्नमा अमेरिका–चीन सम्बन्धलाई सूचित गरिने रहेको थियो । तर, सन् २०१६ पछि अमेरिका–चीन सम्बन्धमा चिसोपन आउन थालेयता ताइवान प्रश्न फेरि एकपटक पेचिलो मुद्दा बन्नु स्वाभाविक थियो ।

चीनका लागि निर्वासित क्षेत्रको पुनः प्राप्ति र एकताभन्दा महत्वपूर्ण विषय अरू केही छैन । यो चासो वास्तवमा चीनका लागि अस्तित्वको प्रश्न हो । यसका बाबजुद पनि सन् १९४९ मा चियाङ काई सेकले अवैध रूपमा टापु कब्जा गरेदेखि चीनले धेरै नै धैर्य देखाएको छ । तत्कालीन अमेरिकी विदेशमन्त्री एवं कूटनीतिज्ञ हेनरी किसिन्जरले माओबाट जबसम्म अमेरिका एक चीन नीतिको पालना गरिरहन्छ र ताइवान सरकारले आफ्नो स्वतन्त्रता घोषणा गर्दैन तबसम्म चीन धैर्यवान् रहनेछ भन्ने स्पष्ट सन्देश पाएका थिए । 

अमेरिकाले विगत पाँच वर्षदेखि ताइवानमा हतियार ढुवानीमा बढोत्तरी गरिरहेको छ र ताइवाननजिक सैन्य गस्ती पनि बढाइरहेको छ । त्यति मात्र नभई अमेरिकी सांसदको आधिकारिक भ्रमणले यस टापुका लागि कूटनीतिक सहयोग जुटाएर निक्सन–माओ सम्झौतामा हस्तक्षेप गर्दै आएका छन् । सन् १९९७ पछि टापुको भ्रमण गर्नेमा पेलोसी सबैभन्दा ठूलो ओहदाकी अधिकारी हुन् । पेलोसीको भ्रमणपछि के ? भन्ने प्रश्न उठिरहेको भए पनि एउटा खाका भने विकसित भइरहेको छ । चीन र अमेरिकाबीचको सम्बन्ध थप अस्थिर बन्दै गएपछि ताइवान अहिले युद्ध र तनावको सबैभन्दा गम्भीर स्रोत बनेको छ ।

पेलोसीको भ्रमणले तनाव एवं भ्रम बढाउने र युद्ध जोखिम निम्त्याउने काम मात्रै गरेको छ । ताइवानमा चीन र अमेरिकाबीचको दीर्घकालीन र पारस्परिक रूपमा स्वीकृत समझदारीका आधारभूत सिद्धान्त दुई राष्ट्रले पुनः दोहोर्‍याउन आवश्यक छ । सन् १९७० को दशकयता ताइवानमा सैन्य झडपको ठूलो सम्भावना कहिल्यै देखिएको थिएन । र, अहिले चीन–अमेरिकासँग बराबरीमा छ र निकै शक्तिशाली सैन्य शत्रु बनेको छ । यस्तो परिस्थितिमा कुनै पनि किसिमको टकराव पहिले भएको भन्दा धेरै अर्थले गम्भीर हुनेछ । यो टकरावलाई दुवै मुलुकले नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ । 
ग्लोबल टाइम्सबाट 

ad
ad