Skip This
लुटेको हतियार बुझाउन रामेछाप प्रशासनको आग्रह
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
दीपक भट्ट रामेछाप
२o८२ भदौ ३१ मंगलबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुटेको हतियार बुझाउन रामेछाप प्रशासनको आग्रह

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार १२:५४:oo

जेन–जी आन्दोलनका क्रममा देशका विभिन्न प्रहरी कार्यालयहरूबाट आन्दोलनकारीहरूले लुटेको हातहतियार सम्बन्धित प्रहरी कार्यालयमा बुझाउन रामेछाप जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गरी केही दिनअघि देशमा उत्पन्न विषम अवस्थामा देशका विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी गरी हातहतियार लुटी लगेको र उक्त हातहतियार कोही कसैले रामेछापमा लिई आएको भएमा तत्काल उक्त हातहतियार सम्बन्धित प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो । 

यदि प्रशासनको सूचनालाई अटेर गरी लुटेको हातहतियार नबुझाएको भेटिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी बताए ।