
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी मुख्यालय पेरिसडाँडा सरसफाइमा जुटेका छन् । यही २४ भदौमा भएको जेन–जी प्रदर्शनका क्रममा माओवादी केन्द्रको मुख्यालयमा समेत आगजनी भएको थियो ।
आगजनीपछिको अवस्थाको अवलोकन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ मंगलबार पेरिसडाँडा पार्टी मुख्यालय पुगे । उनी क्षति पुगेको भवन निरीक्षण गर्दै नेता-कार्यकर्तासँगै सरसफाइमा सहभागी भए ।
प्रचण्डले पुस्तकालय, माइन्युट, कम्प्युटरजस्ता सामग्री जोगाउन सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिए र नयाँ भव्य कार्यालय निर्माण गर्ने प्रतिबद्धता जनाए ।
यसअघि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि निरीक्षण गर्दै झाडु लगाएका थिए ।