मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Tuesday, 11 March, 2025
२o८१ फाल्गुण २७ मंगलबार १o:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीहरूको झगडाले नवलपुरका दुई कलेजमा स्ववियु निर्वाचन स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार १o:१८:oo

विद्यार्थी संगठनहरूको झगडाका कारण नवलपुरका दुईवटा कलेजमा स्ववियु निर्वाचन स्थगित भएको छ ।नवलपुरको गैँडाकोटमा रहेको एसपिएम कलेज र गैँडाकोटको अमरापुरीमा रहेको जनमुखी कलेजमा स्ववियु निर्वाचन नहुने भएको हो । 

आज यी दुई कलेजको निर्वाचन अधिकृतले सूचना जारी गरी निर्वाचन गर्ने वातावरण नभएको भन्दै तत्काललाई स्ववियु निर्वाचन स्थगित गरेको जनाएको छ । नवलपुरमा स्ववियु निर्वाचन हुने भनिएका १० वटा क्याम्पसमा अनेरास्ववियुले ताला लगाएको थियो ।