मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २७ मंगलबार २१:५९:oo
Read Time : < 1 मिनेट
समाचार

भारतीय सहयोगमा इनरुवाको त्रिभुवन मावि भवन बन्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार २१:५९:oo

सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवन भारतीय सहयोगमा बन्ने भएको छ। मंगलवार सुनसरी–४ का सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपालस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले भवनको संयुक्त शिलान्यास गरेका छन्।

‘नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको २ करोड ४८ लाख तीन हजार आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको भारताय दूतावासले जनाएको छ। भारत सरकारको अनुदानमा दुईतले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माण हुनेछन्। यसलाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को रूपमा लिइएको छ। इनरुवा नगरपालिकामार्फत भवन निर्माण हुनेछ।

विद्यालय २०१५ सालमा स्थापना भएको थियो। विद्यालयले नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयमा करिब ७५० विद्यार्थीको क्षमता रहेको छ, जसमध्ये ५५ प्रतिशत छात्रा छन्।

कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको जानकारी दिए। जसमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना छन्।