
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमान्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने बताएका छन् । बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्दै ओलीले राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्ने बताएका छन् ।
तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीको भनाइ उद्धृत गरेका छन्– ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरुपयोग ग¥यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैँ । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनु हुनेछैन ।’