१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २० मंगलबार
  • Wednesday, 26 June, 2024
सिद्धार्थ भाटिया
२o७७ असोज २० मंगलबार o५:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

उत्तर प्रदेश : मोदीकालको अबको विकास मोेडेल

Read Time : > 2 मिनेट
सिद्धार्थ भाटिया
नयाँ पत्रिका
२o७७ असोज २० मंगलबार o५:५६:oo

गुजरात मोडेल विगतको कुरा हो, आगामी दिन उत्तर प्रदेश मोडेलको नाममा हुनेछ ।

उत्तर प्रदेशको हाथरसमा एकजना दलित किशोरीमाथि बलात्कार र प्रताडना कम गरिएको थियो र ? त्यसलगत्तै प्रहरीले शवलाई घर लैजाने अपिल खारेज गर्दै आधारातमा लुकेर ती किशोरीको अन्तिम संस्कार गरिदियो । ठाकुरा जातका चारजना पुरुषलाई बलात्कारको आरोप लागेको छ । यो समग्र प्रकरणले अगाडि जातको अहंकार र प्रहरीको हृदयहीनतालाई नै प्रदर्शित गर्छ । भारतको प्रहरी दुर्भावनाले भरिएको र कानुनका अघिल्तिर निडर हुन सक्छ । झन् युपीमा त योगी आदित्यनाथको नेतृत्वमा उसलाई विशेष छुट दिइएको छ । जस्तो केही दिनपहिले इन्काउन्टरमा देखिएको थियो । एकजना अपराधी विकास दुबेको पूर्वनियोजित हत्या गरियो । अब भने प्रहरीले योगीसँगै विद्रोह गर्न थालेका छन् । एकजना संदिग्ध प्रहरीलाई निलम्बन गर्न आदेश दिएका मुख्यमन्त्रीको भनाइलाई प्रहरीले अझै टेरेको छैन । 

यसबीच योगी हरसम्भव प्रयासबाट मुसलमानलाई निसाना बनाइरहेका छन् र असन्तोषलाई कार्पेटमुनि लुकाइरहेका छन् । डा. कफिल खानलाई गोरखपुर अस्पतालको एउटा दुर्घटनाबारे बाहिर कुरा चुहाएको भनेर ६ महिनासम्म जेल हालियो । नागरिकता संशोधन अधिनियमका खिलाफ प्रदर्शन गर्नेहरूको सम्पत्ति जफत गरिँदै छ । योगी सहरहरूको नाम फेर्ने काममा लागेकै छन् र अब व्यापारीहरूलाई राज्यमा निवेश गर्न निम्तो दिइरहेका छन् । उनले किन यस्तो नगरून् त ? इन्डिया टुडेले उनलाई लगातार तीनचोटि भारतको सर्वश्रेष्ठ मुख्यमन्त्री घोषित गरेको होइन र ? अब व्यापारीहरूले उनलाई प्रधानमन्त्रीका लागि उपयुक्त पात्र पनि देख्न सक्छन् । 

एउटा घाउलाई झनै गिजोल्दै, जति वेला त्यो भूमिमा मन्दिर नै बन्दै छ । यस मामिलाका सबै आरोपीलाई निर्दोष करार गरिएको छ । अब अर्को बिसौनी कासी हो । त्यसपछि मथुराको पालो आउँछ । योगीको आशीर्वादले यी सबै इच्छा पूरा हुनेछन् । हाम्रो आँखैअघिल्तिर नयाँ उत्तर प्रदेश उकेरिँदै छ । अब त्यससँग साक्षात्कार गर्नुस्– असहिष्णु सवर्ण र व्यापारी साथीहरू । हामीले यसलाई बुझ्नुअगावै यो भारतको नयाँ विकास मोडेल बनिसक्नेछ । गुजरात मोडेल त विगतको कुरा हो, आगामी दिन उत्तर प्रदेश मोडेलको नाममा हुनेछ ।

हाम्रो आँखैअघिल्तिर नयाँ उत्तर प्रदेश उकेरिँदै छ । अब त्यससँग साक्षात्कार गर्नुस्– असहिष्णु सवर्ण र व्यापारी साथीहरू । हामीले यसलाई बुझ्नुअगावै यो भारतको नयाँ विकास मोडेल बनिसक्नेछ । 
 

गुजरात मोडेल कसरी उकेरियो भन्ने सम्झना गर्नु सान्दर्भिक हुनेछ । गुजरात दंगामा हजारभन्दा धेरै मानिस मारिए, जसमा अधिकांश मुस्लिम थिए । त्यसपछि नरेन्द्र मोदी एक प्रकारले अछुत भइसकेका थिए । उनी तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीबाट बर्खात हुँदाहुँदै जोगिएका थिए । मोदीले आफ्नो कुर्सी जोगाए, तर भारत र अन्तर्राष्ट्रिय समुदायका कैयौँ मानिसले उनलाई बहिष्कार गरिदिएका थिए । त्यसका साथै भारतीय व्यापारिक घराना पनि उनको कटु आलोचनामा लागेको थियो । मार्च २०२० मा बैंकर दीपक पारेखले चिन्तित हुँदै भने– अन्तर्राष्ट्रियस्तरमा हामीले धर्मनिरपेक्ष देशका रूपमा आफ्नो परिचय गुमाइसकेका छौँ । कैयौँ मुलुकले मोदीलाई प्रवेशाज्ञा दिन इन्कार गरिदिए । अमेरिकाले जस्तै केही देशले त खुला रूपमै भने अन्य देशले चुपचाप ।

साँचो कुरा के थियो भने केही वर्षमै उनका कूटनीतिज्ञ गुजरात जाँदै थिए, उनीसँग भेटघाट गर्ने कुरा थियो र लगानीउपर छलफल हुने कुरा थियो । सन् २०१३ मा एउटा वाइब्रेन्ट गुजरात सम्मेलनमा शीर्ष कर्पोरेट मुखिया नरेन्द्र मोदीको प्रशंसा गर्न एकअर्कामा तँछाडमछाड गर्दै थिए । मुकेश अम्बानीले भने– उनीसँग भव्य भिजन छ । अनिल अम्बानीले भने– उनी महात्मा गान्धी र सरदार पटेलजस्तै देखिन्छन् । रतन टाटाले अतिशयोक्तिको आड लिँदै भने, गुजरात भारतमा सबैभन्दा धेरै निवेश गरिने राज्यमा दरिन्छ र यसको सम्पूर्ण श्रेय श्री श्री मोदीलाई जान्छ । उनी व्यापारीको बीचमा मात्रै होइन कि अन्य भारतीयबीच पनि लोकप्रिय हुँदै थिए, जसले उनका बारेमा राम्रो कुरा मात्रै सुनेका थिए । 

युपी मोडेलको कसैले विरोध गर्नेछैनन् र यसको चिन्ता लिनुपर्दैन कि यो अन्तर्राष्ट्रिय समुदायलाई कस्तो देखिन्छ । योगी आदित्यनाथले दुनियाँलाई हेर्ने दृष्टिमा विदेशी नीति कूटनीतिको कुनै महत्व हुँदैन । एउटा मिसन पूरा गर्नुपर्नेछ र संघलाई थाहा छ, यो लक्ष्य सजिलै प्राप्त गर्न सकिनेछ । उनको साख बेदाग छ अर्थात् उनी मुसलमानको घृणा गर्छन् र सोच्छन्, दलितहरूलाई आफ्नो स्थान थाहा हुनुपर्छ । 

द वायरबाट

ad
ad
ad
ad