१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार १७:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १७:३६:oo

बाराका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार ६९५ मेट्रिक टन उत्पादन गरेका छन्।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार पाँच हजार आठ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार पाँच सय चार मेट्रिक टन उत्पादन भएको हो। यसैगरी, आठ हजार ६३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार एक सय ९१ मेट्रिक टन उत्पादन भएको छ।

गत वर्ष किसानले हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार चार सय ४० मेट्रिक टन उत्पादन गरेका थिए। गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भए पनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ। रासस