१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १२ बुधबार १६:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यक्षमा घनश्यामलाई अघि बढाउन झलनाथ सहमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १६:२५:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्षमा महासचिव घनश्याम भुसाललाई अघि बढाउने भएका छन्। बुधबार खनालनिवास डल्लुमा भुसालसँगको भेटमा खनालले अध्यक्षमा भुसाललाई नै अघि बढाउने सहमति जनाएका हुन्।

नेकपा (एमाले) फुटेर बनेको एकीकृत समाजवादीको महाधिवेशन यही असार १६ गतेदेखि सुरु हुँदै छ। अध्यक्षमा पुनः दोहोरिन चाहिरहेका माधव नेपालले खनालको साथ खोजिरहेका वेला खनाल र भुसालबीच यस्तो सहमति भएको हो। खनाल आफैँ पनि अध्यक्षका दाबेदार हुन्।

नेता नरेश शाहीका अनुसार चुनाव हुँदा खनालले भुसाललाई अघि सार्ने र सहमतिमा गए खनालले नेतृत्व गर्ने समझदारी भएको हो।

महासचिव भुसालले पार्टीमा पुस्तान्तरणको मुद्दा अघि सार्दै आएका छन्।