Skip This
प्रेरक प्रसंग : रिस कसरी शान्त पार्ने?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Saturday, 13 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ९ आइतबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : रिस कसरी शान्त पार्ने?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार o६:o५:oo

कुनै सहरमा एक महिला थिइन् । उनलाई साधारणभन्दा साधारण कुरामा पनि झनक्क रिस उठ्थ्यो । उनको यस्तो बानीका कारण पूरै परिवार हैरान थियो । उनको रिसका कारण घरमा जहिल्यै कलह र अशान्तिको माहोल बनिरहेको हुन्थ्यो । 

एक दिन तिनै महिलाको ढोकामा एक साधु भिक्षाटनका क्रममा पुगे । उनले साधुलाई भिक्षा दिँदै गर्दा आफ्नो समस्याबारे बताउँदै भनिन्– साधु महाराज, ससाना कुरामा पनि रिस उठेर म हैरान भइरहेकी छु । मेरो यस्तो समस्याले परिवारमा जहिल्यै अशान्ति हुन थालिसक्यो । यसबाट छुटकारा पाउने कुनै उपाय छैन ? 

उनको समस्या सुनिसकेपछि साधुले आफ्नो झोलाबाट एउटा सानो सिसी निकालेर ती महिलालाई दिँदै भने– जब–जब तिमीलाई कसैबाट या कुनै कुराबाट रिस उठ्छ, त्यतिखेर यसबाट तीन–चार थोपा मुखमा हाल्नु र १० मिनेटसम्म मुखमै राखिराख्नु । त्यतिन्जेल मुख नखोल्नू । याद गर्नू, बीचमै मुख खोल्यौ भने औषधीले काम गर्दैन । 

महिलाले साधुले भनेअनुसार औषधी सेवन सुरु गरिन् । र, सात दिनमै उनको रिसाउने बानी छुट्यो । सात दिनपछि तिनै साधु पुनः उनको ढोकामा आइपुगे । साधुलाई देख्नासाथ ती महिला उनको पाउमा परिन् । उनले भनिन्– साधु महाराज, हजुरले दिएको औषधी सेवन गरेपछि मेरो रिस अचानक गायब भयो । अब त मलाई कत्ति पनि रिस उठ्दैन । मेरो परिवारमा पनि अब त शान्तिपूर्ण माहोल छ । यस्तो अचुक औषधीका लागि हजुरलाई धेरै–धेरै धन्यवाद छ । 

साधुले भने– तिमीले जेलाई औषधी ठानेर सेवन गर्‍यौ, त्यो सामान्य पानी मात्र थियो । तिमीले पानीलाई औषधी ठानेर सेवन गर्‍यौ र १० मिनेटसम्म चुपचाप बस्यौ । त्यसैले, तिम्रो रिस शान्त भएको हो । रिसको औषधी भनेकै मौनता हो ।

ad
ad
ad
ad