१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Saturday, 28 September, 2024
२o८१ असार ११ मंगलबार o६:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तयार हुँदै छ ग्वार्को फ्लाइओभर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार o६:२९:oo

ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणको काम धमाधम भइरहेको छ । आठ लेन सडकमध्ये चार लेन बन्द गरेर एप्रोच सडक र आइरल वालको काम भइरहेको छ । सडक विभागले असारभित्रै निर्माण सकेर ०८१ भित्रै सवारीसाधन गुडाउने लक्ष्य लिएको छ । 

निर्माण कम्पनी आशिष–समानान्तर–रेगिलर जेभीका अनुसार बिहान ७ बजेदेखि राति ११ बजेसम्म काम भइरहेको छ । ग्वार्को चोकमा फ्लाइओभर बनेपछि चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन फ्लाइओभरबाट र ग्वार्को–लामाटार–ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । फ्लाइओभर १७ करोड ६ लाख लागतमा निर्माण भइरहेको छ । 

दुई वर्षभित्र फ्लाइओभर बनाउन १२ फागुन ०७८ मा सम्झौता भएको थियो । तर, पछि डिजाइनमा त्रुटि पाइएपछि १० भदौ ०८० मा संशोधन गरियो । जसकारण आयोजनाको काम एक वर्ष धकेलियो । ०८१ फागुनसम्म निर्माण सक्नुपर्ने सम्झौता छ ।