१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १२ बुधबार १८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोमा पुरिएको परिवारको उद्वारमा हेलिकोप्टर लिएर ओखलढुंगा पुगे सांसद खतिवडा

गम्भीर घाइते दुईजनालाइ एअर लिफ्ट गरी काठमाडौं ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १८:o८:oo

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा अविरल वर्षाका कारण घाइते भएकाहरूको उद्धारमा पहल गरेका छन्।

वर्षाका कारण घर र गोठ पुरिएर घाइते भएका मेनुका खत्री र बाबुराम खत्रीलाई सांसद खतिवडाको पहलमा आर्मीको हेलिकोप्टरमार्फत थप उपचारका लागि एयर लिफ्ट गरी काठमाडौं ल्याइएको हो।

गएराति करिब २ बजे अविरल वर्षाका कारण चिशंखुगढी गाउँपालिका– ५ स्थित थुम्की बस्ने वर्ष ३९ का बाबुराम खत्रीको घर र गोठ पुरिएर उनकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको घटनास्थलमै मृत्यु भएको छ। 

घर पुरिँदा बाबुराम खत्री र उनकी १८ वर्षीया छोरी मेनुका खत्री घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि खतिवडा आफैँ ओखलढुंगा गएका हुन्।

आर्मीको हेलिकोप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएको र थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिए।

ad
ad
ad
ad