१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Sunday, 30 June, 2024
२o८१ असार १३ बिहीबार o९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दैलेख पेट्रोल अन्वेषण : ५८८ मिटरभित्र पुग्यो ड्रिलिङ पाइप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार o९:४५:oo

दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषण कार्यअन्तर्गत पाँच सय ८८ मिटर जमिनमुनि ड्रिलिङ पाइप पुर्‍याइएको छ ।  पहिलो ५० मिटरको होलमा सबैभन्दा मोटो फलामको पाइप राखिएको छ । त्यसपछि अन्य साना–साना पाइपहरू विस्तार गर्दै निरन्तर ड्रिलिङको काम सुरु गरिएको हो । 

जमिनमुनि तीन सय मिटर पुगिसकेपछि साना साना ग्यासका भण्डारणहरू हुन सक्ने भएपछि त्यस्ता भण्डारणबाट आउने ग्यासको जोखिम न्यूनीकरणका लागि अहिले होलभित्र छुट्टै पाइप जडान गरेर जोखिम व्यवस्थापनको काम पनि  सँगसँगै गरिएको छ । 

कहिले कडा चट्टानको समस्या हुन सक्छ, कहिले स–साना भण्डारणहरू भेटिन सक्ने सम्भावना हुन सक्छ सबैखाले समस्याहरूको समाधानको उपायहरूको व्यवस्थापनसँगै काम सुरु भइरहेको छ । जमिनमुनिबाट प्राप्त भएको माटोको परीक्षण पनि अन्वेषण स्थलमै खटिएका चिनियाँ विशेषज्ञ प्राविधिकहरूले गरिरहेका छन् ।

हरेक एक मिटर जमिन ड्रिलिङ गरेर प्राप्त भएको चट्टानका टुक्राहरू तत्कालै परीक्षण गर्दै प्राप्त रिपोर्टलाई संकलन गरिएको छ भने प्राप्त टुक्राहरूलाई पनि संकलन गरिएको छ । आगामी दिनमा यसले नमुनाको रूपमा अन्य अन्वेषणका लागि पनि सहयोग पुग्ने भएकोले राखिएको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले जानकारी दिए । रातदिन काम गरेर कुनै समस्या नआएको खण्डमा ४ महिनामा अन्तिम रिपोर्ट आउन सक्ने चिनियाँ प्राविधिकहरूले बताएका छन् ।  


 

ad
ad
ad
ad