१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १६ आइतबार o८:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कोपा अमेरिका : पाराग्वेविरुद्ध ब्राजिलको चार गोल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o८:२८:oo

नौपटकको च्याम्पियन ब्राजिल दोस्रो खेलमा जित निकाल्दै कोपा अमेरिकाको अन्तिम १६ मा 

युवा खेलाडी भिनिसियस जुनियर चम्किएपछि ब्राजिलले कोपा अमेरिका २०२४ मा पाराग्वेलाई ४–१ ले हराउँएको छ । यो जितपछि ब्राजिल क्वार्टरफाइनल सम्भावना बलियो बनाउन सफल भयो । शनिबार बिहान युवा खेलाडी भिनिसियसले दुई तथा साबिओ र लुकास पाक्वेटाले समान एक गोल गरेका थिए । १० जना खेलाडीमा सीमित पाराग्वेका लागि ओमार अल्डेरेटले एक गोल गरेका हुन् । 

जितपछि ब्राजिल चार अंकसहति समूह ‘डी’को दोस्रो स्थानमा छ । कोलम्बिया समान दुई खेलबाट ६ अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । पराजित कोस्टारिका एक अंकसहित तेस्रो तथा विनाअंकको पाराग्वे घर फर्किएका छन् । यअसघि ब्राजिल कोीटारिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । कोलम्बियाले पाराग्वेलाई २–१ ले हरायो । 

पाराग्वेविरुद्ध ब्राजिल पराजित भएको अवस्थामा भने घर फर्किने सम्भावना थियो । तर, निर्णायक खेलमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गरेको हो । अब, अन्तिम खेलमा ब्राजिल र कोलम्बिया भिड्नेछन् । यो खेलले समूह विजेतासँगै क्वार्टरफाइलन पुग्ने थप एक टोलीको टुंगो लगाउनेछ । त्यस्तै, कोस्टारिका र पाराग्वे अर्काे खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

भिनिसियसको दुई गोल
अमेरिकाको एलिजियन्ट मैदानमा ब्राजिललाई जित दिलाउन रियाल मड्रिडका भिनिसियसले दुई गोल गरे । खेलको ३१औँ मिनेटमा लुकासले पेनाल्टी अवसरलाई खेर फ्यालेका थिए । तर, चार मिनेटपछि नै लुकासकै पासमा भिनिसियसले गोल गरेका हुन् । साभियोले ४३औँ मिनेटमा २–० को अग्रता बनाएका हुन् । इन्जुरी समयको पाँचौँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि ३–० को अग्रता बनाए ।

४८औँ मिनेटमा पाराग्वेका ओमार अल्डेरेटले गोल गर्दै अग्रता ३–१ मा झारेका हुन् । तर, पुनः पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लुकासले ब्राजिललाई ४–१ को जित दिलाए । खेलको ८१औँ मिनेटमा पाराग्वेका आन्द्रे कुवासले रातो कार्ड पाएपछि टोली १० जना खेलाडीमा सीमित बनेको थियो । 

अर्काे खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० ले हरायो । कोलम्बियाको जितमा लुइस डिआज, डाभिन्सन सान्चेज र जोन कार्डाेबाले समान एक गोल गरेका हुन् । 

ad
ad
ad
ad