१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १६ आइतबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

डेरी एसोसिएसनका अध्यक्ष  प्रह्लाद दाहाललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o८:२४:oo

१५ असारको केकस्तो महत्व छ ?
हामीकहाँ १५ असारलाई परापूर्वकालदेखि नै दही–चिउरा खाने र मानु रोपेर मुरी फलाउने दिनका रूपमा लिइन्छ । यस दिनलाई विगत २० वर्षदेखि धान दिवसका रुपमा पनि मनाउने गरिएको छ । यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको छ । 

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभर १५ असारका दिन राष्ट्रिय धान दिवस मनाउने परम्परा बसालेको हो । यस दिनलाई रोपाइँ महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । 

हरेक वर्ष धान दिवस मनाइनुको सार्थकता कति छ ?
सन् २००४ मा संयुक्त राष्ट्र संघले समेत अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको छ । त्यसैगरी कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधार मानिने धानको उत्पादनलाई सरकारले उच्च महत्व दिएको छ । सरकारी तथ्यांकअनुसार मुलुकको झन्डै १४ लाख हेक्टर जमिनमा हरेक वर्ष धानखेती हुँदै आएको छ । १५ असारलाई धान दिवसका रूपमा मनाइँदै आए पनि आधुनिक प्रविधि, उन्नत बिउबिजन र सिप आमकिसानमाझ अझै पुग्न नसकेका कारण खेतीयोग्य जमिन प्रशस्त भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको अवस्थालाई भने स्विकार्नैपर्छ । 

१५ असारमा दही–चिउरा खानुको पनि विशेष महत्व छ कि ?
नेपाली संस्कृतिअनुसार १५ असारमा दही–चिउरा खाने र खुवाउने प्रचलन छ । खेतमा रोपाइँ गरी दही–चिउरा खाइने भएकाले यस दिनलाई दही–चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ । वर्षायाममा दही खाँदा हिलाम्य भएको शरीरमा ऊर्जा प्राप्त हुने भएकाले दही–चिउराको चलन चलेको मानिन्छ । दहीमा प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बीजस्ता पोषक तŒवसमेत पाइने हुनाले यसको सेवन फाइदाजनक हुन्छ । 

ad
ad
ad
ad