१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १६ आइतबार o७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युरो २०२४ : साबिक विजेता इटाली बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o७:५९:oo

साबिक विजेता इटाली युरोपियन च्याम्पियनसिप (युरो २०२४)बाट बाहिरिएको छ । शनिबार राति जर्मनीमा भएको प्रि–क्वार्टरफाइनलमा स्विट्रल्यान्ड्सँग २–० ले पराजित हुँदा इटाली आउट भएको हो । साबिक विजेताविरुद्ध स्विट्जरल्यान्ड ३१ वर्षपछि जित निकाल्न सफल भएको हो ।

स्विट्रल्यान्ड अन्तिम आठमा प्रवेश गरेको छ । अब, स्विट्रल्यान्डले क्वार्टरफाइनलमा इंग्ल्यान्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ । स्विट्जल्यान्डको जितमा रेमो फ्रेरुल र रुवेन भार्गासले गोल गरे । 

बर्लिनस्थित ओलम्पिक मैदानमा स्विट्जरल्यान्डले दुवै हाफमा समान एक गोल गरेको हो । भार्गासको पासमा रेमोले ३७औँ मिनेटमा गोल गरेका हुन् । भार्गासले ४६औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

समूह ‘ए’को खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३–१ ले हराउँदा स्कटल्यान्ड र जर्मनीसँग १–१ को बराबरी खेलेको थियो । स्विट्रल्यान्ड उपविजेतोको रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । यसअघि इटालीले समूह ‘बी’मा अल्बानियालाई २–१ ले हराउँदा क्रोएसियासँग १–१ को बराबरी खेलेको थियो । स्पेनसँग भने १–० ले हारेको  थियो । 

ad
ad
ad
ad