१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

‘जिका’ संक्रमणको जोखिम बढ्दो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o८:o७:oo

गर्भवतीमा जिका संक्रमण भए विकलांग शिशु जन्मन सक्ने

डेंगु फैलाउने लामखुट्टेबाटै जिका संक्रमणसमेत हुने भएकाले यसको जोखिम बढेको चिकित्सकहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुसँगै जिका संक्रमणले प्रकोपको रूप लिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । हाल भारतमा जीका संक्रमण फैलिइरहेका कारण पनि नेपाल उच्च जोखिममा रहेको महाशाखाको भनाइ छ ।

जिका संक्रमण डेंगु फैलाउने एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस नामक लामखुट्टेबाट मानिसमा सर्छ । महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले भने, ‘भारतमा जिका संक्रमण फैलिइरहेको र नेपालमा पनि सहजै भित्रिन सक्ने भएकाले सचेत रहन आवश्यक देखिएको हो । डेंगु संक्रमणसमेत बढेकाले नेपालमा जिकाको जोखिम उच्च देखिएको छ ।’

महाशाखाले जिका फैलिन सक्ने भन्दै विभिन्न प्रयोगशाला र अस्पतालमा नमुना परीक्षण सुरु गरेको छ । डा. दाहालका अनुसार हालसम्म गरिएका परीक्षणमा भने संक्रमण नेगेटिभ नै देखिएको छ । संक्रमणदर न्यून भए पनि जिका भाइरस संक्रमण निकै घातक मानिन्छ । चिकित्सकका अनुसार, गर्भवतीमा जिका भाइरस संक्रमण निकै घातक मानिएको छ ।

संक्रमणबाट माइक्रोसेफ्ली र शिशुमा अन्य जन्मजात विकृति जस्तै, अंग राम्रोसँग विकास नहुने, मांसपेशीमा समस्या देखिने, आँखाको असामान्यता र सुन्ने शक्तिसमेत कम हुनेजस्ता समस्या देखिन्छ । गर्भावस्थामा संक्रमण देखिए पनि शिशुमा यो समस्या लामो समयसम्म थाहा हँुदैन, जसले गर्दा शिशुमा विकलांगता समस्या बढ्दै जाने जोखिम रहन्छ । यसबाहेक बच्चा र वयष्कमा समेत संक्रमणको असर देखिन्छ । 

डब्लुएचओका अनुसार, जिका संक्रमण सामान्यतया दिउँसोको समयमा एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यसबाहेक, आमाबाट शिशुमा, शारीरिक सम्पर्कबाट, रगतबाट वा अन्य अंग प्रत्यारोपणबाट समेत एकबाट अर्कोमा सर्न सक्छ ।
 

ad
ad
ad
ad