१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
मिलाद हघानी/क्लाउडियो फेलिसियानी
२o८१ असार २० बिहीबार o८:५६:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भागदौडका दुर्घटनाको ‘हटस्पट’ बन्दै भारत

Read Time : > 3 मिनेट
मिलाद हघानी/क्लाउडियो फेलिसियानी
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o८:५६:oo

उत्तरी भारतमा मंगलबार धार्मिक भेलामा भएको भागदौडमा १२१ भन्दा बढी व्यक्तिको मृत्यु भयो । घटनामा दर्जनौँ घाइते भए । राजधानी नयाँदिल्लीको दक्षिणपूर्व हातरस जिल्लामा एक प्रसिद्ध उपदेशकले सत्संग (आध्यात्मिक प्रवचन) दिने समयमा मानिसको अनियन्त्रित भिड बढेको थियो । प्रवचनमा हजारौँ भक्तको उपस्थिति थियो । यो भारतमा भिडमा हुने भागदौडको लामो सूचीमा सबैभन्दा पछिल्लो घटना हो । धेरै सञ्चारमाध्यमले यस घटनालाई भागदौडको रूपमा वर्णन गरे पनि यसले घटनालाई कसरी योजना सञ्चालन गरिएको थियो भन्ने कमजोरीलाई ढाक्छ ।

भारतमा भएका पछिल्ला ठूला दुर्घटना 
पछिल्ला केही दशकमा भारतले भिडसँग सम्बन्धित धेरै दुःखद विपत्ति देखेको छ । जनवरी १, २००२ मा जम्मु कस्मिरमा माता वैष्णोदेवी मन्दिरमा एक विपत्पछि १२ जनाकोको मृत्यु हुनुका साथै १५ जना घाइते भएका थिए । नयाँ वर्ष मनाउने क्रममा तीर्थयात्रीबीच झगडा भएपछि धकेलाधकेल भएको थियो । पछि भिड नियन्त्रणबाहिर जाँदा उक्त दुःखद घटना भएको थियो ।

डिसेम्बर २८, २०२२ मा भारतको दक्षिणमा आन्ध्र प्रदेश राज्यमा एक राजनीतिक र्‍यालीमा भएको भागदौडमा आठजनाको मृत्यु भयो । र्‍यालीमा सहभागी हुन पुगेका समर्थक मञ्चतर्फ बढ्दै जाने क्रममा भागदौड मच्चिएको थियो । नोभेम्बर २५, २०२३ मा भारतको दक्षिणमा केरलामा एक विश्वविद्यालयको कन्सर्टमा भिडको घटनामा चारजनाको मृत्यु र धेरै घाइते भएका थिए । सन् १९५४ मा उत्तरी भारतको प्रयाग कुम्भ मेलामा लाखौँ मानिस धार्मिक तीर्थयात्रीमा भागदौड मच्चिएको थियो । उक्त घटनामा लगभग ८०० जनाको ज्यान लियो । यसलाई भारतको इतिहासमा भागदौडमा भएको सबैभन्दा घातक घटना मानिन्छ ।

भिडभाडयुक्त दुर्घटनाबाट मृत्युसम्बन्धी विश्वव्यापी तथ्यांकले देखाउँछ कि सन् २००० पछि भारतमा ५० भन्दा बढी विनाशकारी सामूहिक जमघटमा १४७७ भन्दा बढी मानिसले आफ्नो ज्यान गुमाएका छन् (हालैको घटनाबाहेक) । विशेषगरी विगत दुई दशकमा भारत विश्वमा घातक भिड दुर्घटनाका लागि सबैभन्दा ठूलो ‘हटस्पट’मध्ये एक बनेको छ । अन्य प्रमुख हटस्पटमा साउदी अरेबिया पर्छ । मुख्यतया वार्षिक हजयात्राका क्रममा त्यहाँ नियमित जसो भिडभाडजन्य घटना भइरहन्छन् । त्यसपछि पश्चिम अफ्रिकाका केही भाग भिडसँग सम्बन्धित घटनामा ठूलो संख्यामा मानिसको मृत्यु हुने गरेको छ । हालैका दुर्घटना प्रायः भारत र पश्चिम अफ्रिकामा भएका छन् । यद्यपि, भिड दुर्घटना अन्टार्कटिकाबाहेक सबै महाद्वीपमा भएका छन् ।

भिडमा हुने भागदौडमा  बदलिएको प्रवृत्ति
भिड दुर्घटनाहरूको इतिहासलाई फर्केर हेर्दा एउटा उल्लेखनीय र गम्भीर प्रवृत्ति प्रकट हुन्छ । १९८० को दशकमा धेरै भिडजन्य दुर्घटनामा हुने मृत्यु खेलसँग सम्बन्धित घटनामा भएको थियो । यद्यपि, आजकल विशेषगरी न्यून र मध्यम आय भएका देशमा धेरैजसो यस्तो मृत्यु धार्मिक जमघटमा हुन्छ ।

उच्च प्रोफाइलका उदाहरण जस्तै सन् १९८९ मा बेलायतको हिल्सबरो स्टेडियम प्रकोपपछि भिड व्यवस्थापन निर्देशिकाहरू, राम्रो अभ्यास र विशेषगरी युरोपेली खेल मैदानमा उच्च जागरुकताको विकासमा निम्त्यायो । यी उपायले खेलकुद घटनालाई भिडहरूका लागि महत्वपूर्ण रूपमा सुरक्षित बनाएको छ । तर, धार्मिक जमघटका लागि समान सुधार भएको छैन ।

आज, टिकट बिक्री गरी आयोजना गरिएका ठूला कार्यक्रमका लागि त्यहाँ सामान्यतया व्यापक जोखिम मूल्यांकन, योजना र परिचालन नियन्त्रण हुन्छ । आयोजकले जोखिम अनुगमन गर्नुका साथै अग्रिम पत्ता लगाउन सक्छन् । आयोजकले घटना हुन नदिन सावधानी अपनाउनुका साथै भइहालेको अवस्थामा तत्कालै त्यसलाई नियन्त्रणमा लिने योजना तयारी अवस्थामा राख्छन्, जसले ठूलो मानवीय क्षति हुनबाट जोगाउने गरेको छ । योजनामा भिडको आवागमनको सन्दर्भमा कार्यक्रमको कम्प्युटर मोडेलिङ, निकासी समयको अनुमान लगाउने र मानिसले परिसरमा कसरी प्रवेश गर्छन् र बाहिर निस्कन्छन् भनेर निगरानी गर्नेलगायत अन्य तत्व पर्छन् । तर, धार्मिक कार्यक्रममा भने यस्ता कदमलाई आवश्यक रूपमा पालना गरिँदैन्, जसका कारण जोखिम बढ्ने गरेका छन् ।

निकास सानो हुँदा दुर्घटनाको सम्भावना बढ्छ
मंगलबार दुःखद घटना भएको स्थानमा क्षमताभन्दा तीन गुणा मानिस रहेको सञ्चार माध्यमले संकेत गरेका छन् । यस्तो घटनाको समय विस्तारित अवधिमा बिस्तारै जम्मा हुने भिड अन्तमा एकैचोटि घटनास्थलबाट बाहिर निस्कन चाहन्छ । यसको मतलब भिडका लागि निकास पूर्ण रूपमा अपर्याप्त हुन्छ । भिडको आकारको सापेक्षमा निकास क्षमताको अपर्याप्तता भारतमा हालै भएको त्रासदीको मुख्य कारणमध्ये एक देखिन्छ ।

धेरै अवस्था र घटनामा साँघुरो निकास बिन्दुमा भिडको सरासर दबाबले निसास्सिने अवस्था आउन सक्छ । मंगलबारको दुःखद घटनामा पनि यही अवस्था सिर्जना भएको रिपोर्ट गरिएको थियो । भागदौडमा स्पष्ट रूपमा, सानो शरीरको आकार र छोटो उचाइ भएका व्यक्तिहरू उच्च जोखिममा हुन्छन् । यो हताहतको रूपमा रिपोर्ट गरिएका महिला र बालबालिकाको ठूलो संख्यामा प्रतिबिम्बित हुन्छ ।

सञ्चार माध्यमले यस्ता घटनालाई वर्णन गर्न ‘स्टम्पेड’ शब्द प्रयोग गरेका छन् । भागदौड प्रायः अन्तर्निहित कारणको पर्वाह नगरी भिड दुर्घटनाहरू वर्णन गर्ने एक साझा शब्द हो । यसले विशेषगरी धार्मिक जमघटको सम्बन्धमा वा घटनाको विवरण अस्पष्ट हुँदा भिडहरू समावेश हुने घटनालाई सबैभन्द खराब परिणाम निम्त्याउँछ । यसले अनिवार्य रूपमा घटनामा संलग्न व्यक्तिहरू र तिनीहरूको व्यवहारलाई दोष दिन्छ । वास्तवमा, भिड व्यवहार (क्राउड बिएभियर) अक्सर यस्ता घटनाहरूको मुख्य कारण होइन ।

यस विवरणलाई निरन्तरता दिनाले प्रायः आयोजकलाई जिम्मेवारीबाट मुक्त हुन अनुमति दिन्छ र अधिकारीहरूलाई समस्याको मूल कारणको खोजी गर्नबाट निरुत्साहित गर्छ । यसले अर्कोलाई रोक्नका लागि कुनै पनि व्यावहारिक उपाय कार्यान्वयन नगरी दुर्घटनाहरूको दुश्चक्र निम्त्याउँछ । वास्तवमा भारतमा भिडजन्य दुर्घटना र यसका दुश्चक्र बारम्बार दोहोरिने गरेका छन्, जसलाई जिम्मेवार निकाय र व्यक्तिले स्वीकार गरेका छन् । भारतको संसद्का एक सदस्यले न्युयोर्क टाइम्सलाई भने, ‘प्रत्येक वर्ष यस प्रकारका घटना दोहोरिइरहन्छन् तर यसबाट हामी केही सिक्न सक्दैनौँ ।’

विगतका पाठ 
भिड दुर्घटना विशेषगरी विकासशील देशमा धार्मिक सामूहिक जमघटमा विश्वव्यापी रूपमा अकाल मृत्युको एक सामान्य कारण बनिरहेको छ । हालैका सातामा हजको समयमा एक हजार ३०० भन्दा बढी तीर्थयात्रीको मृत्यु भयो । हजमा मृत्यु हुनेको संख्या उच्च भए पनि हालैको भारतीय भेलामा मृत्युदर निकै उच्च छ (हामीले हजमा मृत्यु हुने ०.०६५ प्रतिशत र भारतीय घटनाको ०.७७ प्रतिशतमा गणना गरेका छौँ) । यसले कठोर नियमन, उचित जोखिम मूल्यांकन, योजना, सुरक्षा व्यवस्था र भिड अनुगमनका लागि आह्वान गर्छ । लक्षित, प्रमाणमा आधारित सार्वजनिक शिक्षा अभियानले सचेतना जगाउन र त्यस्ता घटनाको सम्भावना र प्रभावलाई उल्लेखनीय रूपमा घटाउन सक्छ । जसरी हामी सडकमा शून्य मृत्युलाई पछ्याउँछौँ, त्यसरी नै भिड दुर्घटना मृत्युलाई रोकथाम गर्न सकिने कारणको रूपमा पहिचान गरिनुपर्छ, विशेषगरी विकासशील देशमा सम्बोधन गर्न आवश्यक छ ।

मिलाद हघानी युनिभर्सिटी अफ न्यु साउथ वेल्सका सहरी आवगमन, सार्वजनिक सुरक्षा र विपत् जोखिम विषयका शीर्ष लेक्चरर हुन् भने क्लाउडियो फेलिसियानी युनिभर्सिटी अफ टोकियोका स्कुल अफ इन्जिनियरिङका प्रध्यापक हुन् । 

– द कन्भर्सेसनबाट

ad
ad
ad
ad